इटहरीमा ठूलो परिमाणको लागुऔषध सहित दुईजना पक्राउ : सैलुनबाटै लागुऔषध बिक्री बितरण (भिडियो सहित)

इटहरी, चैत्र २९, इलाका प्रहरी कार्यालय इटहरी र लागुऔषध नियन्त्रण ब्यूरो बिराटनगरको टोलीले इटहरीमा ठुलो परिमाणमा लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । इटहरी ४ स्थित आइतबारेको एक सैलुनमा प्रहरीले छापा मार्दा ९४ बोतल कोरेक्स, ५७६ थान स्पास्मो प्रोक्सीमम र १५० थान नाइट्रोसन बरामद भएको हो ।

लागुऔषध सहित सैलुन चलाउने २७ बर्षिय प्रमोद ठाकुर र लागुऔषध कारोबारी सप्तरी प्रशावनी १ बस्ने हाल इटहरी बस्दै आएको ३९ बर्षिय झौलाई चौधरी रहेका छन । उनिहरुको साथबाट को ५ प २०६७ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको छ । पक्राउ परेकाको साथबाट नगद १ लाख ११ हजार समेत फेला परेको छ । उनिहरुलाई आज पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक समेत गरिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै इटहरीका डिएसपी नरेशराज सुवेदीले झौलाई चौधरी लागुऔषध कारोबारीको नाइके भएको बताए । चौधरीले इटहरी, झुम्का, इनरुवा, धरान लगायतका स्थानमा लागुऔषध कारोबार गदै आएको सुवेदीले जानकारी दिए । ठाकुरले भने आफनै सैलुनबाट आगुऔषध बिक्री गर्ने गरेको सुचनाको आधारमा प्रहरीले छापा मारेको थियो ।

चौधरीलाई पक्राउ गरेपछि आगुऔषध कारोबारीको जड पहिचान गर्न सकिने प्रहरीले बताएको छ । डिएसपी सुवेदीले पूर्वमा आगुऔषध नियन्त्रणको लागी लागुऔषध नियन्त्रण ब्यूरो बिराटनगरको टोली र सबै क्षेत्रका प्रहरी कार्यालयको समन्वयमा अभियान जारी राखेको जानकारी दिएका छन ।
हेर्नुस भिडियो : 

https://youtu.be/KEcOZ0nOfh8



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।