मुक्त कमलरी मञ्चकी अध्यक्षद्वारा आत्महत्या

गुलरिया, बर्दिया, ३१ चैत । मुक्त कमलरी विकास मञ्च बर्दियाकी अध्यक्ष सिर्जना चौधरीले बुधबार राति करिब ८ बजेतिर आत्महत्या गरेकी छिन् ।

बबई नगरपालिका–१० की स्थायी बासिन्दा चौधरीले आफू डेरा गरी बसेको गुलरिया नगरपालिका–६ स्थित कोठामा आत्महत्या गरेकी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भरत बोहराले जानकारी दिनुभयो ।

चौधरीले के कारण आत्महत्या गरेकी हुन् भन्ने विषयमा प्रहरीबाट अनुसन्धान भइरहेको छ ।

यसैबीच, बारबर्दिया–९ दक्षिणटोलमा जुवा खेलिरहेका आठ व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मोतीपुर बाँसगढीबाट खटिएको टोलीले उनीहरुबाट ५७ हजार ८४५ रुपैयाँ नगद समेत बरामद गरेको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖