विद्यार्थी आकर्षित गर्न नयाँ तरिका, विद्यार्थी संख्या बढ्यो

बेनी (म्याग्दी), ३१ चैत । म्याग्दी जिल्लाको बेनी नगरपालिका– ९ गलेश्वरमा रहेको जडभरत प्राथमिक विद्यालयमा विद्यार्थीलाई नगदसहितको सुविधा थप गरिएपछि विद्यार्थी सङ्ख्या बढेको छ ।

नियमति विद्यालय आउने, विद्यालयका गतिविधिमा संलग्न हुने, हाजिर गर्नेलगायतका शैक्षिक गतिविधिमा सक्रिय बनाउनप्रति विद्यार्थी मासिक दुई सय रुपैयाँसहित स्टेसनरी साम्रगीसमेत उपलब्ध गराउन थालिएपछि शैक्षिक गुणस्तर बढ्नुका साथै अभिभावकको सक्रियता समेत बढेको विद्यालयका शिक्षक लोकेन्द्रबहादुर खड्काले बताउनुभयो ।

बुधबार विद्यालयमा वार्षिक परीक्षाको नतिजा सार्वजनिक तथा नगद सुविधा हस्तान्तरण कार्यक्रममा बोल्ने वक्ताले सामुदायिक विद्यालयमा सुविधा थप गरी गुणस्तरीय शिक्षाको वातावरण बनाउन सकिएमा विद्यार्थीको आर्कषण बढ्ने विचार व्यक्त गरेका थिए । विद्यालय व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष बमबहादुर पुनले आर्थिकसहित शैक्षिक सहयोगले विद्यार्थीको सङ्ख्यासँगै गुणस्तरीय शिक्षामासमेत सहयोग पुगेको बताउनुभएको थियो । विद्यालय पुस्तकालय कार्यक्रम संयोजक हरिकृष्ण गौतमले विद्यार्थीको पठनसीपको विकाससहित सम्रग शैक्षिक गुणस्तरमा अभिभावको जिम्मेबारी प्रमुख हुने बताउनुभएको थियो । बेलायतको एक सामाजिक संस्थामा कार्यरत रघुगङ्गा गाउँपालिका अन्तर्गत झिँ का खिम शेरचनले सङ्कलन गरेको रु २० लाख विद्यालयको मुद्दतिमा राखेपछि विद्यार्थीलाई आर्कषण गर्न सजिलो भएको हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖