द्वन्द न्यूनिकरण गर्न स्थानिय निकायसँग परामर्श

धनकुटा खबर, चैत ३१ । स्थानिय तहको संरचना र सरकारले अस्थाई रुपमा तोकेको केन्द्रका बारेमा बिवाद आउन नदिन स्थानिय शान्ति समितिले धनकुटाका ७ वटा स्थानिय संरचना संग छलफल गरेको छ ।

समितिका संयोजक बलबहादुर राईको अध्यक्षतामा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा धनकुटा,पाख्रिबास, महालक्ष्मि नगरपालिका र चौबिसे,शहिद भूमि छिन्ताङ,छ थर र साँगुरी गढी गाउँपालिकाका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

यस अघि सरकारले भएका सरकारी संरचना प्रयोग गर्न नयां गाउँ र नगरपालिकाको केन्द्र तोकेको बिषयमा केहि बिवाद भएपनि अहिले कुनै बिवाद नभएको सम्बिनिधत स्थानिय निकायका प्रतिनीधिहरुले जानकारी दिएका थिए ।

कार्यक्रममा पूर्व संयोजक बिजय सन्तोषी राईले धनकुटाबाट सिफारिस गरिएका २ सय ३० जना मध्ये ३६ जनाले राहत पाएको जानकारी दिनुभयो ।

पूर्व संयोजक टिका प्रसाद घिमिरेले समापन गर्नुभएको उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष नगेन्द्र राई, धनकुटा नगरपालिकाका कार्यकारी अधिकृत तिर्थ प्रसाद धिताल र स्थानिय बिकाश अधिकारी पर्व प्रसाद साप्कोटाले मन्तब्य राख्नु भएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।