नेपाली सेना र चीनको जनमुक्ति सेनाबीच पहिलोपटक संयुक्त सैन्य अभ्यास

काठमाडौं, चैत ३१ । नेपाली सेना र चीनको जनमुक्ति सेनाबीच पहिलोपटक आगामी वैशाख ३ देखि १२ गतेसम्म काठमाडौंमा संयुक्त सैन्य अभ्यास हुने भएको छ ।

विश्वको गम्भीर सुरक्षा चुनौतीकारुपमा देखापरेको आतंकवादबाट भविष्यमा आउनसक्ने सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राखी ‘सगरमाथा फ्रेन्डसिप–१७’ नाम दिएर दुई देशका सेनाबीच उक्त अभ्यास वा तालिम सन्चालन गरिएको नेपाली सेनाले जनाएको छ ।

छिमेकी तथा अन्य मित्रराष्ट्रको सेनासँग सन्चालन हुँदै आएका संयुक्त तालिम तथा अभ्यासलाई निरन्तरता दिनेक्रममा पहिलोपटक मित्रराष्ट्र चीनको जनमुक्ति सेनासँग १० दिने तालिम हुने सैनिक जनसम्पर्क निर्देशनालयले बिहीबार जनाएको छ ।

नेपालको परराष्ट्र तथा सुरक्षा नीतिमा आधारित रही नेपाली सेनाले सैनिक सम्बन्ध विस्तार गर्नेक्रममा द्विपक्षीय तथा बहुपक्षीयरुपमा तालिम, गोष्ठी तथा अभ्यास गर्दै आएको छ ।

तालिमकाक्रममा विपद् व्यवस्थापनलगायत साझा हित र सरोकारका विषयमा पनि छलफल हुनेछ ।

तालिम र अभ्यासबाट हुने अनुभव आदान–प्रदानबाट ज्ञान, सीप र पेसागत क्षमता अभिवृद्धि गर्न योगदान पुग्ने विश्वास लिइएको छ ।

द्विपक्षीय तथा बहुराष्ट्रिय सैनिक तालिम तथा अभ्यासबाट सैनिक ज्ञान तथा पेसागत क्षमता अभिवृद्धि गर्नाका साथै सैनिक तथा कूटनीतिक सम्बन्धलाई अझ बलियो र विस्तार गर्न सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।