पूर्व युवराज्ञी हिमानी शाहको नाम लिएर ठगी गर्ने प्रकाउ

झापा, हिमानी ट्रष्टमा जागिर लगाइदिने भन्दै १५४ जना सर्वसाधारणलाई ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२० निवासी ६६ वर्षीय नित्यरत्न शाक्य रहेका छन् । उनले १५४ सर्वसाधारणबाट करिब रु १४ लाख ठगी गरेको इप्रका, बिर्तामोडले जनाएको छ ।

आफू हिमानी ट्रष्टको प्रत्यक्ष निगरानीमा सञ्चालन हुने हु वल्र्डवाइड एसोसिएसन, झापाको निर्देशक भएको बताउँदै संस्थाको विभिन्न पदमा जागिर लगाउने प्रलोभन देखाएर सर्वसाधारणबाट सो रकम ठगी गरेको बताइएको छ । पक्राउ परेका शाक्यले स्वीडेनको दातृ संस्थाबाट सञ्चालित हिमानी ट्रष्टका नाममा झापामा कार्यालय सञ्चालन गर्दैआएको र झापा, मोरङ, इलाम, पाँचथर र ताप्लेजुङका सर्वसाधारणबाट रकम ठगी गरेको इप्रका, बिर्तामोडका प्रहरी निरीक्षक प्रकाश जबेगुले जानकारी दिए ।

हिमानी ट्रष्टद्वारा सञ्चालित हु वर्ल्डवाइड एसोसिएसन संस्था झापाको बिर्तामोडमा हिमानीले उद्घाटन गर्ने र सोही संस्थामा विभिन्न पदमा जागिर लगाइदिने आश्वासन बाँडेर उनले सर्वसाधारणलाई ठगी गरेको प्रहरी निरीक्षक जबेगुले बताए ।इप्रकामा आफूहरु ठगिएको भन्दै सर्वसाधारणले उजुरी गरेपछि प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टले ठगीमा संलग्न शाक्यलाई काठमाडौँस्थित उनकै घरबाट पक्राउ गरेको बताइएको छ ।

ठगी मुद्दामा जिल्ला अदालत, झापामा बिहीबार म्याद थप गरी शाक्यमाथि थप अनुसन्धान थालिएको प्रहरी निरीक्षक जबेगुले बताए।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖