चट्याङ्गले धनकुटाका २ महिलाको मृत्यु
धनकुटा खबर, बैसाख २ । आज दिउँसो पानी संगै परेको चट्याङ्गले लागेर धनकुटाका २ जना महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा शहिद भूमि छिन्ताङ्ग गाउँपालिका १ सफाईधाप बर्ष ३५ की छत्र कुमारी राई र जिल्लाकै साँगुरी गढी आहालेका १० का बर्ष २४ की कृष्णा राईको मृत्यु भएको प्र्रहरी उपरीक्षक सुदिपराज भण्डारीले जानकारी दिनु भयो ।
मृतक महिलाहरुले पानी परिरहेको समयमा मोवाईल फोनमा कुराकानी गरिरहेको बेला करिव १ बजेतिर चट्याङ्ग परेर घटना स्थलमा नै उनीहरुको मृत्यु भएको स्थानियबासीहरुले जानकारी दिएका छन् ।


