ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु, एक घाइते

चितवन, ४ वैशाख । मुग्लिन–नारायणगढ सडकखण्डको जुगेडीमा ट्रकको ठक्करबाट आज एक महिलाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

काठमार्डौंबाट वीरगन्जतर्फ जाँदै गरेको ना५ख ३७२५ नंको ट्रकले सोही दिशाबाट आउँदै गरेको ग१२प ७११५ नंको मोटरसाइकललाई भरतपुर महानगरपालिका–२९ जुगेडीमा ठक्कर दिँदा मोटरसाइकलमा सवार पोखरा महानगरपालिका–७ बस्ने ४८ वर्षीया इन्द्रा अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सोही मोटरसाइकलका चालक पोखरा महानगरपालिका–७ वस्ने ५३ वर्षीय कृष्णप्रसाद अर्याल घाइते भएको प्रहरीले जनाएको छ । मृतक इन्द्रा अर्यालको उपचारका लागि अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको थियो भने घाइते कृष्णप्रसादको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकललाई ठक्कर दिने ट्रक र ट्रकका चालक प्रहरी नियन्त्रणमा रहेको जिप्रकाले जनाएको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।