दुई दिन अघि राखिएको सकेट बम नेपाली सेनाद्वारा निष्क्रिय

फाईल फोटो

सप्तरी, ४ वैशाख । सप्तरीको राजविराज नगरपालिका–१ स्थित गजेन्द्र चोकमा रहेको राष्ट्रिय वाणिज्य बैंक नजिक ओम श्री रोशन इम्पोरियम पसलमा फेला परेको सकेट बम नेपाली सेनाले आज निष्क्रिय गरेको छ ।

दुई दिनअगाडि पसलभित्र राखिएको सकेट बम फेला परेको सूचना पाएपछि राजविराजस्थित कृष्ण दल गणबाट सहसेनानी टीकासिँह बिष्टको नेतृत्वमा आएको नेपाली सेनाको टोलीले सो बमलाई निष्किृय गरेको सेनाले प्रहरीले जनाएको छ ।

ओम श्री रोशन इम्पोरियममा फेला परेको बम जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)ले राखेको जिम्मेवारी लिएको बताइएको छ ।

आगामी वैशाख ३१ गते हुने भनिएको स्थानीय निकाय तहको निर्वाचनलाई सशक्त र सशस्त्र विरोध गर्ने निर्णयअनुसार आर्थिक सहयोगको अपेक्षा राखी कार्यकर्ता पठाउँदा प्रहरीद्वारा पक्राउन षडयन्त्र गरेको भन्दै कारवाहीस्वरुप बम राखिएको प्रहरीको भनाइ छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖