सैनिक कमाण्ड तथा स्टाफ तालिम शुभारम्भ

काठमाडौँ, ४ वैशाख । नेपाली सेनाको शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सिसं २४ कमाण्ड तथा स्टाफ तालिमको शुभारम्भ भएको छ ।

नेपाली सेनाका बलाध्यक्ष रथी पूर्णचन्द्र थापाले आज एक समारोहबीच सो तालिमको शुभारम्भ गर्नुभएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

उक्त कार्यक्रममा बलाध्यक्ष रथी थापाले तालिमले जटिल तथा चुनौतीपूर्ण सुरक्षा अवस्थाको मूल्याङ्कन गर्न, योजना बनाउने र त्यसको कार्यान्वयन गर्ने क्षमताको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाधिकृत उपरथी देवेन्द्रबहादुर मेधासीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

तालिममा नेपाली सेनाका तर्फबाट ४४ सेनानी, नेपाल प्रहरीबाट एक जना प्रहरी नायब उपरीक्षक, सशस्त्र प्रहरी बलबाट दुई जना सशस्त्र प्रहरी नायब उपरीक्षक र राष्ट्रिय अनुसन्धान विभागबाट एक जना अनुसन्धान अधिकृतलगायत मित्रराष्ट्र बङ्गलादेश, भारत, मलेसिया, माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाका एक÷एक जना र अर्का मित्रराष्ट्र चीनका दुई जना गरी कुल ५८ जना शिक्षार्थी सहभागी छन् ।

उक्त तालिममा सहभागी विदेशी शिक्षार्थी अधिकृतमा दक्षिण कोरिया र माल्दिभ्सबाट पहिलोपटक सहभागिता भएको निर्देशनालयले जनाएको छ । सैनिक कमाण्ड तथा स्टाफ कलेज तालिम मध्यम तहका अधिकृतको स्टाफ तथा नेतृत्व क्षमता विकास गर्न सञ्चालन गरिने महत्वपूर्ण तालिम हो ।

यसैगरी नेपाली सेनाले यही वैशाख ५ देखि ११ गतेसम्म माथिल्लो सेती र त्रिशूली नदीमा पहिलो पटक नेपाल भारत संयुक्त जलयात्रा अभियान–२०१७ आयोजना गर्न लागेको छ ।

सात दिनसम्म सञ्चालन हुने उक्त अभियानमा नेपाली सेना र भारतीय सेनाबाट १०÷१० जनाको सहभागिता रहने जनाएको छ । अभियानमा भाग लिन भारतीय सेनाको १० जनाको समूह आइतबार नेपाल आइपुगेको छ ।

यसअघि सन् २०१४ मा भारतमा सञ्चालन भएको रुद्रप्रयाग–ऋषिकेश जलयात्रा अभियान–२०१४ मा नेपाली सेनाबाट २० जना सहभागी भएका थिए । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖