एमालेले भन्यो,– ‘हामीलाई सरकार देऊ, १५ वर्षमा चीन र भारतलाई जित्छौं’

काठमाण्डौं, ४ वैशाख । प्रमुख प्रतिपक्षी मुलुकमा आफ्नो नेतृत्व स्थापित भए नेपालमा चीन र भारत दुवै छिमेकीलाई उछिन्ने गरी विकास हुने दाबी गरेको छ ।

स्थानीय तहख निकाय निर्वाचनको घोषणापत्रमा सञ्चारकर्मीको सुझाव संकलनका लागि आइतबार पार्टी मुख्यालय बल्खुमा आयोजित कार्यक्रममा कार्यबाहक अध्यक्ष बामदेव गौतमले आगामी १५ वर्षमा नेपालले चीन र भारतलाई उछिन्ने योजना आफूहरुसँग रहेको दाबी गरे । उनले चीन र भारतलाई उछिन्न गर्नुपर्ने कामको योजना एमालेले बनाइसकेको बताए ।

‘आगामी १५ वर्षमा नेपालले हाम्रा दुवै छिमेकी चीन र भारतलाई उछिन्ने गरी विकास गर्न सक्छ’, गौतमले भने, ‘त्यसको योजना एमालेले बनाइसकेको छ ।’ गौतमले एमालेको नेतृत्वबिना मुलुकमा विकास नहुने भन्दै संविधान कार्यान्वयनका लागि पनि आफूहरुको नेतृत्व जरुरी रहेको बताए ।

गौतमले एमालेले सरकारको नेतृत्व पाए पाँच वर्षमा नेपालीको प्रतिव्यक्ति आए पाँच हजार अमेरिकी डलर बनाइदिने जिकिर गरे ।

उनले एमालेले चुनावी घोषणापत्रमा आगामी तीन वर्षमा मुलुकबाट गरिबी उन्मुलन गर्ने, तीन वर्षमै हरेक घरमा एक व्यक्तिलाई रोजगारी दिने, तथा ५ वर्षभित्र १८ वर्ष उमेर पुगेका सबै नागरिकलाई रोजगारी दिने उल्लेख छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।