राष्ट्र्पति फर्किंदा वैशाख ८ गते बिदा नहुने

काठमाडौँ, वैशाख ४ गते। राष्ट्रपति विद्यादेवी भण्डारी छिमेकी मित्रराष्ट्र भारतको राजकीय भ्रमण गरी स्वदेश फर्कने दिन यही वैशाख ८ गते सार्वजनिक बिदा नहुने भएको छ ।

गृह मन्त्रालयले आज यहाँ एक विज्ञप्ति जारी गरी राष्ट्रपति भण्डारीबाट भारतको राजकीय भ्रमणको सिलसिलामा प्रस्थानको दिन वैशाख ४ गते नेपालभरका सबै सरकारी कार्यालय एवम् विदेशस्थित नेपाली नियोगसमेतमा सार्वजनिक बिदा हुनुपर्नेमा अन्यथा भएकाले संशोधन गरिएको जनाएको छ ।

यसअघि आइतबार गृह मन्त्रालयले विज्ञप्तिमार्फत राष्ट्रपति भण्डारी भारतको राजकीय भ्रमणका लागि प्रस्थान गर्ने र स्वदेश फर्कने दुवै दिन सार्वजनिक बिदा दिने जनाएको थियो ।

राष्ट्रपति भण्डारी भारतको राजकीय भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । उहाँ भ्रमण पूरा गरी यही वैशाख ८ गते शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।