पर्यटकआगमनलाई ध्यानमा राख्दै पाख्रीबासको पीकनिक स्पोट र सिमसार क्षेत्र जाने बाटो अब स्तरिय बनाईने
धनकुटा खबर, बैशाख ९ । धनकुटाको पाख्रीवास नगरपालिका स्थितको पर्यटकीय स्थल तथा पीकनिक स्पोट श्री संसारीमाई पूजा सिमसार क्षेत्र भित्रको पैदल यात्रा गर्नेवाटो ९फुड ट्रयाक० स्तरिय बनाईने भएको छ । त्यहाँ घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकहरुलाई पैदलयात्रा गर्न सजिलो होस् भन्ने उद्देश्यका साथ वाटो स्तरिय बनाउन लागिएको हो ।

जसअनुसार अहिले सिमसार क्षेत्र भित्रका सानाठूला गरी जम्मा ६ वटा पोखरी मध्ये सवैभन्दा सिरानको पोखरी देखी उत्तर तर्फको वाटोवाट टायल विछ्याउने काम शूरु गरिएको छ ।
नगरपालिका वाट प्राप्त ३ लाख ६८ हजार रकमले टायल खरिद गरी वाटोमा विछ्याउन शूरु गरिएको हो । उल्लेखीत रकमले जति पुग्छ त्यती टायल यो पटक त्यहाँको वाटोमा विछ्याउने र आगामी दिनमा थप पहल गर्दै जाने श्री संसारीमाई पूजा सिमसार संरक्षण समितिले जनाएको छ ।
समितिले सिरानको पोखरी भन्दा माथिको वाटोवाट सवैभन्दा तलको पोखरी सम्मको पैदल यात्रा गर्ने वाटोमा टायल विछ्याने लक्ष लिएको छ ।
यो सिमसार क्षेत्रमा अन्य स्थान भन्दा वढी दृष्य एकै ठाउँमा देख्न पाईने भएकोले धेरै आकर्षक रहेको वताउने गरेकाछन् ।
यहाँ घुम्न आउने पर्यटकहरुले चिया वगान, अलैची,उत्तीस,किवी,ग्राउण्ड एपल,वेगुना फुल,अंगुर लगायत विभिन्न ६० भन्दा वढी प्रजातीका विरुवाहरु उत्पादन गर्ने नर्सरी,पोखरी र पीकनिक स्पोर्टको एकै ठाउमा अवलोकन गर्न पाउने गरेकाछन् ।



