थुनिएको अरुण नदी बग्न थाल्यो, जाेखिम कम भएको संकेत

संखुवासभा, संखुवासभामा अरुण नदी थुनिदा बनेको तालबाट पानीको निकास भएकाले तत्कालका लागि जोखिमको अवस्था नरहेको स्थानीय अधिकारीले बताएका छन् ।

संखुवासभाको हटिया स्याक्सिलागोलामा अरुण नदी थुनिएर बनेको तालबाट पानीको निकास भएकाले तत्कालका लागि जोखिमको अवस्था नरहेको हो । अरुण नदीको बहाब अहिले सामान्य छ । नदी थुनिएर बनेको तालबाट बिस्तारै पानीको निकास भइरहेको छ ।

तालबाट पानीको निकास तथा अरुण नदीको बहाब सामान्य भएपनि ताल एक्कासी फुटेमा तल्लो तटीय क्षेत्रमा जोखिम हुन सक्ने भन्दै सतर्कता अपनाउन सर्वसाधारणसँग आग्रह गरिएको छ ।

यसको प्रभाव पर्न सक्ने भन्दै कोशी नदी आसपासको क्षेत्रका बासिन्दालाई पनि सचेत गराइएको तर अहिले नै आत्तिनु पर्ने अवस्था नरहेको उदयपुरका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए । तटीय क्षेत्रका बासिन्दालाई सचेत हुन तर नआत्तिन आग्रह गरिएको उनको भनाई छ ।

-> यसरी थुनियो अरुण नदी !, प्रकोपबाट सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह (भिडियो सहित) 



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖