इटहरीमा संघीय गठबन्धनका कार्यकर्ता र प्रहरीबीच झडप, स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार

इटहरी, इटहरीमा संघीय गठबन्धनका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। गठबन्धनका कार्यकर्ताको र्यालीमा आन्दोलनकारीमाथि ढुंगा प्रहार भएपछि आन्दोलनकारी आक्र्रोशित भएका थिए।

आफूहरुमाथि ढुंगा प्रहार भएपछि आन्दोलनकारी प्रहरीमाथि जाइ लागेका हुन्। अन्नपूर्णपोष्टमा खबर छ । आन्दोलनकारीलाई घरको छतबाट ढुंगाले हानिएको भन्दै आक्रोशित भएका हुन्। र्यालीमा सहभागी आन्दोलनकारी आक्रोशित भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिनका निम्ति केही राउण्ड अश्रुग्यास प्रहार गरेको छ।

प्रहरी र र्यालीमा सहभागीबीच झडप भएपछि अहिले इटहरी बजार क्षेत्रमा तनाव छ। झडपका क्रममा केही प्रहरी र आन्दोलनकारी घाइते भएका छन्। झडपको पूर्ण विवरण भने आउन बाँकी छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।