एमाले नगर कमिटी धनकुटाले ६ बुँदे माग राख्दै नगरपालिकालाई बुझायो यस्तो ज्ञापन–पत्र

धनकुटा, बैशाख १२ । धनकुटाका नगरमा देखिएको बिभिन्न समस्या समधानको माग गर्दै नेकपा एमाले नगर कमिटी धनकुटाले धनकुटा नगरपालिकामा ज्ञापन–पत्र बुझाएको छ ।

नगरकमिटीका ईन्चार्ज नरेन्द्र पोखरेलको नेतृत्वमा बिभिन्न ६ बुँदे माग राख्दै कार्यकारी अधिकृत तिर्थ प्रसाद धिताललाई ज्ञापन–पत्र बुझाएको हो ।

ज्ञापन–पत्र मार्फत् एमालले नगरको खानेपानीमा देखिएको फोहोर र लेदो तत्काल सफा गरिनुपर्ने,धनकुटाका रिक्त रहेका ८ वडामा वडा सचिवको ब्यबस्था गर्नुपर्ने,सम्पूर्ण वडामा सामाजिक सुरक्षा भत्ताको सहज बितरणको ब्यबस्था,भुकम्प पिडितहरुका लागि तत्काल राहतको ब्यबस्था गर्नुपर्ने लगाएतका माग गरेको छ ।

ज्ञापन–पत्र बुझाएपछि पत्रकार सम्मेलन गरेर एमालेले नगर जनताको प्रत्यक्ष सरोकार राख्ने उक्त कुराको सुधारका लागि नगरपालिकालाई जिम्मेवार हुन आग्रह गरेको छ ।
ज्ञापन–पत्र:



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।