नवराज सिलवालले पाउने भए अमेरिकी पुरस्कार !

काठमाडौं, १४ बैशाख । डीआइजी नवराज सिलवालले नेत्तृत्व गरेको केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी) ले अन्तराष्ट्रिय पुरसकार पाउने भएको छ ।

अमेरिकी कम्पनी ‘भिसा’ ले नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी) लाई डेबिट तथा क्रेडिट कार्डबाट हुने आर्थिक अपराधका घटनाको अनुसन्धानमा सफल अनुसन्धान गर्दै ‘कानून कार्यान्वयनमा’ उत्कृष्ट कार्य गरेको भन्दै पुरस्कृत गर्ने निर्णय गरेको छ।

संगठनलाई एक बर्षमा दुई वटा विशेष अन्तर्राष्ट्रिय पुरस्कार दिलाउने सिआइबी नेतृत्व तथा अनुसन्धानमा संलग्न सबैलाई यो पुरस्कार प्राप्त हुने निर्णयसँगै सबैतिरबाट बधाई तथा शुभकामना प्राप्त भइरहेको सिआइबीका एक अधिकारीले जानकारी दिए ।

अघिल्लो पटक केही महिना अगाडि पनि सिआइबीले बन्यजन्तुसम्बन्धी क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖