उत्तर कोरियासँग तनावका बीच अमेरिकाले गर्यो परमाणु हतियार वहन गर्ने क्षमताको क्षेप्यास्त्र परिक्षण
वासिंटन, वैशाख १४ । अमेरिकी वायुसेनाले परमाणु हतियार वहन गर्ने क्षमताको क्षेप्यास्त्र परीक्षण गरेको छ ।

उत्तर कोरियासँगको तनावका बीच अमेरिकाले क्षेप्यास्त्र परीक्षण गरेको हो । लामो दुरीको यो क्षेप्यास्त्र क्यालिफोर्नियास्थित वायुसेना बेस क्याम्पबाट प्रक्षेपण गरिएको हो ।
उक्त क्षेप्यास्त्रले चार हजार दुई सय माइल दुरी पार गरेको बताइएको छ ।
अमेरिकी वायुसेनाले क्षेप्यास्त्र परीक्षणपछि भनेको छ, ‘यो परीक्षण हाम्रो राष्ट्रको परमाणु निवारक क्षमताको एक महत्वपूर्ण हिस्सा हो ।’ एजेन्सी


