आगामी चुनावमा कांग्रेसलाई बढार्न माओवादी केन्द्रले एमालेसँग गर्यो यस्तो तालमेल !

लमजुङ, १४ वैशाख । सत्तारुढ नेकपा माओवादी केन्द्रले आगामी चुनावका लागि प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग सहकार्य गरेर जाने निर्णय गरेको छ ।

कांग्रेसको समर्थनमा सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले लमजुङमा एमालेसँग चुनावी तालमेल गरेको हो । यो निर्णयलाई जिल्लाबाट ‘कांग्रेस बढार्ने’ रणनीतिका रुपमा हेरिएको छ ।

दुई दलबीच वैशाख ३१ गते हुने स्थानीय तह चुनावमा ‘संयुक्त मोर्चा’ बनाएर अघि बढ्ने भएको नेताहरुले बताएका छन् । विहिबार बेंसीसहरमा पत्रकार सम्मेलन गर्दै नेताहरुले स्थानीय तहको चुनावमा नगरपालिका, गाउँपालिका र वडा तहसम्म तालमेल गरेर जाने सहमत भएको औपचारिक घोषणा गरे ।

माओवादी केन्द्रका जिल्ला इन्चार्ज पारसमणि पौडेल र एमाले अध्यक्ष धनञ्जय दवाडीद्धारा हस्ताक्षरित संयुक्त वक्तव्यमा ‘राष्ट्र निर्माण र लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणमा प्रतिबद्ध हुँदै लमजुङ जिल्लाको समग्र विकास गर्न हामी दुवै दल स्थानीय तहको निर्वाचन २०७४ मा संयुक्त मोर्चा बनाई निर्वाचनमा जान प्रतिवद्ध भएको’ उल्लेख गरिएको छ ।

चुनावी तालमेल अनुसार जिल्लामा रहेको ४ गाउँपालिका र ४ नगरपालिकामा एमाले र माओवादी केन्द्रबीच ५ तहको प्रमुख र उपप्रमुख एमाले र ३ तहको प्रमुख र उपप्रमुखमा माओवादी केन्द्रले उम्मेदवार उठाउने सहमति भएको छ ।

बेंसीसहरमा आयोजित पत्रकार सम्मेलनमा एमाले केन्द्रीय सदस्य मायानाथ अधिकारी, माओवादी केन्द्रका जिल्ला सहइन्चार्ज बुद्धिराम गुरुङ, जिल्ला संयोजक मधु अधिकारी लगायतको उपस्थिति थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।