महिलालाई भारत हुँदै ओमान ओसारपसार गर्ने गिरोह पक्राउ

वैशाख – १४ । चेलीबेटी बेचविखन तथा ओसार पसारको आरोपमा केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको शिपा पोखरी ४ घर भई काठमाडौको जोरपाटी बस्दै ३८ वर्षीय आएका सरोज उर्फ तोकबहादुर तामाङ, झापाको जुरेपानी ५ घर भई बाजबजार बस्दै आएका ४८ वर्षीय मेदनी प्रसाद प्रसाईं र सिन्धुपाल्चोक मार्मिङ ५ घर भई हाल गोकर्णेश्वर बस्दै आएका ३६ वर्षीय निमा तामाङ गरेका छन् ।

व्यूरोले विभिन्न नाका हुँदै भारतको दिल्ली पुर्याइ वैदेशिक रोजगारीका लागि ओमान पठाइदिने भनी गोंगबुको एक गेष्टहाउसमा राखिएका दुई महिलाको उद्धार गरेको छ । ती महिलाहरुको उजरीका अधारमा उक्त कार्यमा संलग्न गिरोहका तीन जनालाई व्यूरोले काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।

उनीहरुले ग्रामीण क्षेत्रका विपन्न महिलाहरुलाई वैदेशिक रोजगारीमा पठाइदिने भन्दै प्रलोभन देखाएर प्रतिमहिला १ लाख ३० हजारसम्म असुली गर्ने गरेका थिए । उनीहरुलाई मानव बेचविखन तथा ओसार पसारको मुद्दा चलाइएको व्यूरोद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

मानव बेचविखन तथा ओसारपसार ऐनमा १० देखि १५ वर्षसम्म कैद र ५० हजार देखि एक लाखसम्म जरिवान हुने कानुनी प्रावधान रहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।