खाडी मुलुकमा कामदार पठाउन रोक्ने एमालेको घोषणा, एमालेको महत्ववाकांक्षी घोषणापत्र आइतबार आउने

काठमाडौः एमालेले मलेसिया र खाडी मुलुक जाने कामदारलाई नेपालमै रोजगारी व्यवस्था गर्ने महत्ववाकांक्षी घोषणापत्र तयार गरेको छ ।स्थानीय तह निर्वाचनका लागि स्थायी समितिले शुक्रबार पारित गरेको घोषणापत्रमा आगामी १० वर्षभित्र नेपालमै रोजगारी सिर्जना गरी मलेसिया र खाडी मुलुकमा कामदार जानु नपर्ने अवस्था सिर्जना गर्ने उल्लेख छ ।

‘मलेसिया र खाडीमा कामदार नपठाउने, जापान र कोरियामा काम गरी फर्केकाको आर्जन र सीप प्रयोग गर्ने तथा अमेरिका, युरोप गएकाको पनि ज्ञान र आर्जन प्रयोग गरी मुलुकलाई आर्थिक समृद्धितर्फ लैजाने पार्टीको योजना छ’, स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले भन्नुभयो, ‘२५ वर्षमा मुलुकलाई धनी राष्ट्रको सूचीमा उभ्याउने प्रयत्न गर्छौं ।’

स्थायी समितिले उपाध्यक्ष भीम रावल, सचिव प्रदीप ज्ञवाली र स्थायी समिति सदस्य पाण्डेलाई भाषालगायत विषय हेरेर घोषणापत्रलाई अन्तिम रूप दिने जिम्मेवारी दिएको छ । एमालेको घोषणापत्रमा आगामी १० वर्षमा नेपालीको आम्दानी ५ हजार अमेरिकी डलर बनाउने उल्लेख छ । आफ्नो नेतृत्वको ९ महिने शासनकालमा वृद्धभत्ता सुरु गरेको एमालेले त्यसलाई वृद्धि गरी पाँच हजार पुर्‍याउने प्रतिबद्धता घोषणापत्रमा जनाएको छ । यस्तै अस्पतालमा सुत्केरी हुने महिलालाई १० हजार दिनुपर्ने एमालेको धारणा छ ।

स्थायी समितिले शुक्रबार पारित गरेको घोषणापत्रमा १० वर्षभित्र नेपालमै रोजगारी सिर्जना गरी मलेसिया र खाडी मुलुकमा कामदार जानु नपर्ने अवस्था बनाउने उल्लेख छ ।

विद्युत् ऊर्जामा विशेष जोड दिँदै एमालेले सडक विस्तार, रेलमार्ग, सहरी विकास, सामाजिक सेवा र शिक्षाको विकासमा पनि जोड दिएको छ । बजेटको २० प्रतिशत शिक्षामा राज्यले लगानी गर्नुपर्छ भन्ने हाम्रो धारणा छ’, पाण्डेले भन्नुभयो । प्रचार विभाग प्रमुख योगेश भट्टराईले युवालाई विशेष जोड दिएर मुलुकलाई समृद्धिको बाटोमा लैजाने विषयमा घोषणापत्रले जोड दिएको बताउनुभयो । अन्तर्राष्ट्रिय विमानस्थल निर्माणदेखि पर्यटन प्रवद्र्धनमा विशेष जोड दिने लक्ष्य राखिएको जानकारी भट्टराईले दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖