सिन्धुलीमा पास्टर यूवक राई मरणासन्न कुटिए, उपचारको लागि सहयोग गरिदिन घाइते पास्टरको आग्रह (भिडियो सहित)

कुमारसिंह विष्ट । १६ वैशाख । काठमाडौं । सिन्धुलीस्थित नव जीवन चर्च महेन्द्रघारीका पास्टर यूवक राई मरणासन्न पिटिएका छन् । यही मंगलबार राती सदरमुकाम सिन्धुलीमाढिबाट इसाई समाजको वैंठक सकेर अफ्नो घर फर्कनेक्रममा पास्टर राईलाई तीन जनाको एक अज्ञात समूहले मरणासन्न पिटेका छन् ।

मंगलबार राती साढे नौं बजे सिन्धुलीमाढीबाट ज४ प ९५०८ नम्बरको मोटरसाइकलमा घर फर्कनेक्रममा बोटीनी खोला नजिकै तीन जनाको एक समूहले अचानक वाटो छेकी सम्धीलाई चिने जस्तो लाग्छ भनी मरणसान्न पिटेका थिए । घाइते पास्टरका अनुसार उहाँको मोटरसाइकलको पछाडीको सिटमा पास्टर ओम ठाडा मगर पनि हुनुहुन्थ्यो ।

पास्टर राईलाई मरणसन्न पिट्न थालेपछि पास्टर मगर पनि जंगल फरार भएर आफू वाँच्न सफल भएको बताइएको छ । घाइते पास्टर राईलाई काठमाडौंको वीर अस्पतालमा उपचार भइ रहेको छ । उनको टाउँको, अनुहार र दुवै आँखामा गम्भीर चोट लागेको छ । उनको उपचारमा संलग्न वीर अस्पतालका डा.अमृत आचार्यका अनुसार पास्टर राईको अवस्था चिन्तामुक्त रहेको छ यद्दपी एक्स रे को रिपोर्ट भने आउन वाँकी छ ।

घाइते पास्टर राई यो समाचार तयार पार्दासम्म सामान्य अवस्थामा आउन सक्नु भएको छैन् । उहाँलाई हिड्न र वोल्न समेत अप्ठयारो भइरहेको उहाँकी पत्नीले बताउनु भएको छ । पास्टर राईले आफूमाथि विना कारण आक्रमण भएको बताए ।उहाँले धार्मिक आस्थाका कारण आफूमाथि आक्रमण नभएको स्वीकार्नु भएको छ । गुडन्युज एफएम रेडियोसँगको आज विहीबार उहाँले उपचारको लागि आफूसँग प्रयाप्त रकम नभएकोले दुखको समयमा आर्थिक सहयोग गरिदिन हुन् विश्वभरमा रहेका नेपाली इसाई दाजुभाइ र मण्डलीलाई अपिल गर्नुभएको छ । उहाँ हाल उपचारको लागि वीर अस्पतालमा फ्लो अपमा हुनुहुन्छ । काठमाडौंको धापासीमा आफन्तको कोठामा वहिनी, श्रीमती र आफन्तसँग वसिरहनु भएको छ ।

सिन्धुली इसाई एकता समाजका अध्यक्ष पास्टर रुपेस तामाङलाई टेलिफोन गरि घटनाबारे वुझदा पास्टर राईमाथिको आक्रमण संभवतः धार्मिक आस्थाका कारण नभई अन्य कारण हुनुपर्ने बताउनु भएको छ । उहाँले पास्टर राईमाथि अज्ञात समूहले गरेको आक्रमणमाथि हामी इसाई समाज स्तब्ध भएका छौ भन्नुभयो । उहाँले दोषीलाई प्रक्राउ गरि कारवाहीको दायरामा ल्याउने काम प्रहरीले गरिरहेको बताउनु भयो । उहाँ विगत एक दशकदेखि नव जीवन चर्चका पास्टरको रुपमा हुनुहुन्छ । उहाँ क्षेत्र नं.३ को इसाई एकता समाजको अध्यक्ष समेत हुनुहुन्छ । हेर्नुहोसे भिडियो घटनाको वास्तविकता जान्नलाई ।

साभार – तुरही डटकम बाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।