एमाले कार्यकर्ताले पत्रकारको दाँत झारिदिए

जाजरकोट, वैशाख १६– नेकपा एमालेका कार्यकर्ताले जाजरकोटमा स्थानीय पत्रकारमाथि कुटपिट गरी दाँत झारिदिएका छन् ।

भेरी खवर डट कममा कार्यरत पत्रकार काँशीराम न्यौपानेमाथि एमाले कार्यकर्ताले आक्रमण गरेका हुन् । मजकोटमा रहेका न्यौपानेमाथि एमाले समर्थक प्रेमवहादुर वस्नेतको समुहले ढुङगा प्रहार गर्दा न्यौपानेको ४ वटा दाँत झरेका छन् ।

पत्रकारमाथि माओवादीको आरोप लगाउँदै आक्रमण गर्नु राजनीतिक संस्कार नभएर जंगली प्रवृती भएको प्रेस सेन्टर जाजरकोटले जनाएको छ ।

चित्त नवुझेका कुरा छलफल गरि समाधान गर्नुका साटो आक्रमण गरि ज्यान लिने उदेश्य राख्नु जंगली प्रवृती भएको प्रेस सेन्टर नेपाल जाजरकोटका अध्यक्ष हेमन्त केसीे निकालेको विज्ञप्तिमा उल्लेख छ । केसीले दोषीमाथी कारवाहीको माग गरेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।