उपचार गराउनेको पर्खाइमा पूर्णबहादुर लामा, भन्छन- ‘उपचार भए अझै धेरै बाँच्ने थिएँ’

काठमाडौँ – वैशाखको प्रचण्ड घाम अनि उखरमाउलो गर्मीलाई प्रवाह नगरी काठमाडौँको सिभिल मल अगाडि सडक पेटीमा कागजको बक्सा र एउटा पूरानो छाता सहित एक वृद्ध सहयोगी हातहरू कुर्दै बसिरहेका छन् ।

‘सहयोग गर्छु भन्ने धेरै आए तर सबैले मुखले मात्र गरे कामले गरेनन्,’

पिशाब फेर्नका लागि जोडिएको कृतिम पिशाव नली र त्यसको झोला अनि बैशाखी बोकेर उपचार खर्च जुट्छ कि भन्ने झिनो आशमा सडक पेटीमा बस्न बाध्य छन् सिन्धुपाल्चोक रतनकोटका पूर्णबहादुर लामा । ७० वर्षीय लामा छ वर्ष अघि पत्थरी भएपछि उपचारका लागि अस्पताल गए तर उपचार खर्च नहुँदा डाक्टरले समान्य उपचार गरी फर्काइदिए ।

त्यसपछि आफ्नो उपचारका लागि खर्च जुटाउन र दुई छाक टार्न सडकको सहारा लिइरहेका छन् उनी । खर्च जुटाउने क्रममा केही वर्ष कुमारी हल अगाडि बसे पनि सहयोगी हात नभेटेपछि सिभिल मल अगाडि बस्दा कुनै दयालु मानिसको नजरमा परिन्छ कि भन्ने आशमा त्यहाँ बसिरहेका छन् ।

‘सहयोग गर्छु भन्ने धेरै आए तर सबैले मुखले मात्र गरे कामले गरेनन्,’ उनले दुखेसो पोख्दै भने, ‘अरुले सहयोग नगरेपनि सरकारी अस्पतालमा त सहयोग हुन्छ होला भन्ने ठानेको थिएँ तर त्यहाँ पनि पैसा नै चाहिन्छ रे हामी जस्ता गरिव गुरुवाहरूले कहाँबाट ल्याउने पैसा ? जुन जोगी आए पनि कानै चिरेको, जहाँ पनि पैसा नै चाहिने रे ।’

वीर अस्पतालमा उपचार गराउँदै आएको बताउने उनी उपचारका लागि ७० हजार लाग्ने बताउँछन् । सरकारी अपस्तालमा पनि गरिबले पैसा कै कारण उपचार नपाउने देखेर सरकारसँग असन्तुष्ट छन् उनी ।

त्रिपुरेश्वरमा एक साथीसँग कोठा साझेदारी गरी उनी बस्दै आएका छन् । उनले खाना खर्च तथा कोठाभाडा स्वरुप साथीलाई मासिक तीन हजार बुझाउँदै आएको बताए । ‘खान केही पनि रुच्दैन, घाँटीभरी घाउ भएको छ केही खाइहाले पनि मर्नेगरी दुख्छ, पानी र झोलिलो कुरा खाएर बाँचेको छु’ आफ्नो समस्या यसरी पोख्छन उनी ‘सहारा भनेकी श्रीमती थिइ उसको पनि छ वर्ष अगाडि मृत्यु भयो अब अरु को नै छ र मेरो यो संसारमा । जस्तै भए पनि बाँच्ने रहर पलाउँदो रहेछ कसैले उपचार गराइदिए अझै ५–६ वर्ष बाँचेर मर्न मन छ ।’

दुई छोरीका पिता उनी छोराछोरी जति नै भए पनि बुढो भएपछि सबैले साथ छाड्ने र दुःखमा कसैले पनि नहेर्ने बताउँछन्।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।