के गरुँ त मेरो श्रीमति नै नभए पछि ?

गुल्मी, गुल्मीमा अर्को एउटा लाजमर्दो घटना बाहिर आएको छ । दुध दिने भैसी माथी केहिदिन अघि एक जना युवाले यौन दुर्व्यबहार गरेको प्रहरीले जनाएको छ । आँपचौर गाविस वडा नम्वर २ वरारुखका २१ वर्षिय कृष्ण खरेलले स्थानिय एक जना महिलाको गोठमा बाँधिएको भैसीलाई अप्राकृतिक यौन दुव्र्यवहार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाईएको छ ।

प्रहरीले दिएको विवरण अनुसार मंसिर २१ गते साँझ करिव ८ वजेको समयमा खरेलले स्थानिय शोभा खरेलको व्याउँने भैसीको यौनाङ्गमा फलामको डण्डा घुर्सादै यौन आनन्द लिएको बेला भैेसी मालिकले समातेर राखेको प्रहरीले जनाएको छ ।

उक्त अभियोगमा मजुवा प्रहरी चौकीद्धारा पक्राउ परेर जिल्ला प्रहरी कार्यालयमा ल्याईएका अभियुक्त खरेलसंग ‘किन जानु भयो त भैसीसंग’ भनेर सोध्धा उनको छोटो जवाफ थियो–‘ के गरुँ त मेरो श्रीमति नै नभए पछि । ’ मन थाम्न किन सक्नु भएन त ? भन्ने प्रश्नमा उनको जवाफ थियो–‘ एक छिन टोलाएर भैसीलाई हेरिरहे खै मन के भयो– भयो.. । स्मरण रहोस उनि केहि महिना अघि यौन पिपासुका रुपमा परिचित युवा हुन ।

उनले २०७२ जेठ १४ गते स्थानिय एक महिलालाई जवरजस्ती करणीको उद्योग गरेको अभियोगमा पक्राउ परेको प्रहरीले जानकारी दियो । जिल्ला प्रहरी कार्यालय मुद्धा फाँटका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवका अनुसार असार १५ गते त्यस विरुद्ध मुद्धा परेको थियो भने साउन २ गतृृे २० हजार धरौटीमा उनि छाडिएका थिए ।

त्यहाँबाट छुटेको एक वर्ष नपुग्दै भैसी माथीको अप्राकृतिक यौन दुव्र्यवहारको काण्डमा उनि फस्न पुगेका छन् । उनी आफ्नै शव्दमा त्यस्ता कुरामा उनको दिमागी समस्या रहेको छ । साभार साझासवाल-प्रेम सुनार



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖