टेकुमा भीषण आगलागी, आगो निभाउन ठुलो संख्यामा सेना, सशस्त्र र प्रहरी परिचालन
काठमाडौं । काठमाडौंको टेकुमा भीषण आगलागी भएको छ।
उद्योग वाणिज्य संघ टेकुकको कार्यालयकै छेउमा आगो लागेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी छविलाल जोशीले डिसीनेपाललाई जानकारी दिएका छन्।
अहिले उक्त क्षेत्रमा आगो निभाउनका लागि प्रहरी, स्थानीय बासिन्दा, सशस्त्र प्रहरीले प्रयास गरिरहेका छन्।
आगो निभाउन चार वटा दमकलको प्रयोग भएपनि आगो नियन्त्रणमा आउन नसकेको एसएसपी जोशीले जनाएका छन्।


