अब आठराई गाउँपालिकामा पहिलो पटक केन्द्रीय विद्युत प्रशारण लाईन पुग्ने, ११ केभी केन्द्रिय विद्युत लाईन विस्तार हुँदै

धनकुटा खबर, बैशाख, २१ तेह्रथुम । तेह्रथुमको पूर्वी क्षेत्र आठराई गाउँपालिकामा पहिलो पटक केन्द्रीय विद्युत प्रशारण लाईन पुग्ने भएको छ । आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारमा विद्युत लाईन पुर्याउनको लागि तिब्रगतिमा विद्युत विस्तरको काम भईरहेको छ ।

तेह्रथुमको जिरीखिम्ती सवस्टेसन हुदै मेन्छ्यायेम गाउँपालिकाको मोराहाङ फिडरबाट ११ केभी विद्युत तत्कालै आठराईमा विस्तार हुने नेपाल विद्युत प्राधिकरण तेह्रथुम वितरण केन्द्रका प्रमुख दिपक दाहालले जानकारी दिनु भयो ।

यही बैशाख भित्रमा विद्युत लाईन विस्तार गरि बत्ति बाल्नको लागि प्राविधिकको सहयोगमा स्थानीय स्तरबाट तिब्ररुपमा काम भईरहेको विद्युत विस्तारका स्थानीय अगुवा दिपेश सिटौलाले जानकारी दिनु भयो । नेपाल विद्युत प्राधिकरणको सहयोग र स्थानीय बासीको श्रमदानमा विस्तारको काम भईरहेको स्थनीय अगुवा सिटौलाले बताउनु भयो ।

गाउँपालिकाको केन्द्र संक्रान्तिबजार विद्युत पुगेपछि क्रमिकरुपमा सबैतिर विद्युत विस्तार हुने तेह्रथुम वितरण केन्द्रका प्रमुख दाहालले बताउनु भयो । आठराई गाउँपालिकाका सबै वडाहरुमा विद्युत विस्तार गर्न सवस्टेसन निर्माणको लागि तार टाङ्गने काम भईरहेको बताईएको छ ।

अहिले आठराईमा विद्युत नहुदाँ स्थानीयले सोलार प्रविधिबाट विद्युतीय समस्या टार्दै आएका छन् । संक्रान्तिबजारमा स्थापित दर्जन बढी सरकारी तथा गैर सरकारी कार्यालय, बैक तथा वित्तिय सस्थाहरुले पनि सोलार प्रविधिबाटै सेवा प्रवाह गरि रहेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।