आफ्नै भाञ्जी बलात्कार गर्ने मामा पक्राउ
झापा, बैशाख २१, झापामा एक पुरुषले आफ्नै भाञ्जीमाथि बलात्कार गरेका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार आफ्नै भान्जी नाता पर्ने १५ वर्षीया बालिकालाई मंगलबार राति ललाई फकाई जबरजस्ती करणी गरेको अभियोगमा शिसतासी–८ गुरास चोक बस्ने ४७ वर्षीय हुकुमबीर लावतीलाई प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।


