युएइमा बसोबासरत नेपालीहरुका लागि आयो यस्तो जरुरी सूचना : यी कुरा गरेमा देश निकाला, जन्म कैद तथा नगद जरिवाना
युएइ – बैदेशिक रोजगारीको सिलसिलामा युएइमा बसोबास गर्ने नेपालीहरुको लागि आज नेपाली राजदूतावास युएइले एक सूचना जारी गर्दै सामाजिक संजालमा सचेत रहन अनुरोध गर्दै जानकारी गराएको छ ।
सूचनामा भनिएको छ सामाजिक संजालहरुमा कुनै पनि अमर्यादित, हिन्सात्मक अभिव्यक्ति लेख्न, बोल्न भिडियोहरु शेयर गर्न तथा लाइक कमेन्ट इत्यादी गर्न तथा युएइको कानुनले बन्देज गरेका कुनै पनि कुरा गरेमा उक्त देशले, देश निकाला, जन्म कैद तथा ५० हजार देखि ३० लाख सम्म जरिवाना गर्न सक्ने कानुनी प्रावधान रहेको छ भनेर दूतावास सूचनामा भनिएको छ ।
साथै, केहि नेपालीहरुका बारेमा पनि अनुसन्धान र निगरानी युएइ सरकारले गरिरहेकोले सम्पूर्ण नेपालीहरु लाई सचेत रहन राजदूतावास युएइले अनुरोध गरेको छ ।नेपाली राजदूतावास युएइबाट जारी गरिएको सूचना यस्तो रहेको छ ।



