कमाउने आशमा मलेसिया पुगी जेल परेका यी युवा सकुशल नेपाल फर्किए, ऋणको भार घटेन

धनकुटा खबर, २१ बैशाख, तेह्रथुम । तेह्रथुम छथर गाँउपालिका वडा नम्बर साबिक हमरजुङ ४ का एक युबा लाखौ ऋण काडेर मलेसिया पुगेको २ बर्षमा कम्पनीको लापरबाहीका कारण जेल परे सँगै ऋण मै नेपाल फर्किएका छन ।

२ बर्ष अघी मलेसिया पुगेका हमरजुङ ४ का सेर बहादुर लिम्बु र लिलामाया लिम्बुका कान्छा छोरा हेम लिम्बु कम्पनीको लापरबाहीका कारण निर्दाेष भए पनि २५ दिन जेल जीबन बिताए सँगै साथीहरु सँग रिन काडेर नेपाल फर्किएका छन । आर्थीक कम्जोरका कारण मनभरी सपना बोकेर आमाको फाटेको चोली बुबाको च्यातीएको दौरालाई टाल्ने सपनाका साथ गाँउमा सयकडा ३ का दरले रिन काडेर मलेसिया पुगेका लिम्बु सुरुको केही महिना राम्रै कमाई भए पनि कम्पनी टुटेपछि कम्पनीले एजेन्टलाई युबाहरु बेचे पछि कमाई हुन छाडेको थियो ।

पूर्व प्रकाशित समाचार हेर्न यो लिङ्कमा क्लिक गर्नुहोस् -> “लाखौ ऋण गरेर मलेसिया पुगेका तेह्रथुमका हेम मलेसियन प्रहरीको कब्जामा”

कमाई नभए पनि मनका सपना मनमै संगाल्दै रहेको लिम्बुलाई गाँउको रिनले भने पिरोलि रहेको थियो । मनभरी पिडाहरु रहेका लिम्बु समाजिक कार्य उत्तिकै कृयासिल रहेका थिए । आफ्नो पिडाहरु भुलेर मृगौला पिडित खिनमाया कूरुम्भङ उपचारका लागी दिनरात नभनी साथीहरु सँग सहयोग माग्दै १ लाख रुपैयाँ सहयोग सफल बनेका थिए । यता गाँउबाट काडेको रिनको ब्याजले दिनप्रतिदिन किच्दै गएका युबा भएको ७२ सालको भुकम्पले घर पुर्ण रुपमा क्षती तुल्याएको थियो ।

आर्थीक कम्जोरकै कारण भुकम्पले क्षतबिक्षत भएको घरलाई सरकारको आँखा नपुगे पछि त्यही घरलाई साहारा लिनको बिकल्प नरहेको उनको परिवारले जनाएको छ । मलेसिया जाँदा १ लाख ५५ हजार तिरेर पुगेका लिम्बु कम्पनीको लापराबाहीका कारण भिसा नलागाई अबैधानीक बनाई रहेको बेला अचानक मलेसिया एमीग्रेसन पुलिसले छापा मारी कब्जामा लिएको थियो । आमा बुबा श्रीमाती २ दिदी १ बैनी १ दाजु रहेका लिम्बुको ३ बर्षीया छोरी छन् । लिम्बु भन्छन् मैले कल्पना सम्म गरेको थिएन तर हामी गरीब दुखीहरुलाई भगवानको नजर लाग्दो रहेछ । आर्थीक कम्जोर कै कारण राम्रो अध्यायन गर्न नपाए लिम्बु परिवारलाई सुख दिने सपना बोकेर मलेसिया पुगेका थिए ।

जेलमा रहदाँ संसारमा मानब भए पनि दानबहरु रुपी मानब रहेको महशुस भएको लिम्बु बताए । कुनै गल्ती नै नभई जेल लगाउने कस्तो मानब होलान त्या कम्पनीको कम्जोरीलाई किन त्यो देशको सरकारले कार्बाही गर्दैन अनी दुबै हात खुट्टा गुमाएकाहरु जेलमा पाउँदा लिम्बुले संसार हैसियत र हुनेहरुको लागी मात्र भएको महशुस भएको बताउनु भयो ।

जेलबाट छुटे सँगै कम्पनीले पुन भिसा नलगाए पछि साथीहरुलाई रिन मागी दुताबास मार्फत नेपाल फर्किएका हुन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।