सुन्तलीकी आमा सीता घिमिरे भन्छिन,- प्रचार प्रसारका लागि छोरी कुन्जनाले पहल गर्नुपर्छ भन्ने मेरो चाहना छ’ (भिडियो हेर्नुहोस्)

चर्चित कलाकार एवं पुनःनिर्माणमा ख्याती कमाउन सफल कुञ्जना घिमिरे (सुन्तली)की आमा सीता घिमिरेले उपमेयरमा उम्मेदवारी दिने भएकी छन् ।बुधबार सुन्तलीकी आमा सिता घिमिरेले माओवादी केन्द्रको तर्फबाट गोदावरी नगरपालिकाको उपमेयरमा उम्मेदवारी दिने निर्णय गरेकी हुन् ।

सीताले लामो समयदेखि माओवादी निकट रहेर राजनीति गर्दै आएकी छन् । संविधानसभा निर्वाचनमा माओवादी नेता वर्षामान पुनलाई ललितपुरबाट जिताउन सिताले विशेष भूमिका निर्वाह गरेकी थिइन् ।

भूकम्पपछि बस्ती निर्माण गरेर चर्चामा रहेका धुर्मुस-सुन्तलीले प्रचार-प्रसारमा साथ दिए उनले जित्ने निश्चित भएको माओवादीले जनाएको छ । यद्यपी यो जोडीले भने चुनावी प्रचार-प्रसारका विषयमा केही बताएको छैन् । गिरानचौर बस्ती निर्माणपछि मुसहर बस्ती सकेका यो जोडीले थप एकीकृत बस्ती बसाउने योजना बनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।