चीनमा निर्मित ठूलो जेट विमानले चिनियाँ आकाशमा पहिलो उडान भर्यो (हेर्नुहोस भिडियो)

बेइजिङ्ग, २२ बैशाख । चीनमै पहिलो पटक उत्पादित भीमकायको जेट विमानले चिनियाँ आकाशमा पहिलो परीक्षण उडान भरेकोछ ।

एकसय अन्ठाउन्न सीट क्षमताको सि–९१९ मोडेलको उक्त जेट विमानले राजधानी बेइजिङ्ग पछिको चीनकै विशाल महानगर साङ्घाईबाट शुक्रबार अपरान्ह पहिलो परीक्षण हवाई यात्रा गरेको हो ।

स्वराष्ट्रमै निर्मित ठूलो जेट बिमानको उद्घाटन उडान हेर्न ठूलो सङ्ख्यामा चिनियाँ तथा बिदेशीहरु साङ्घाई विमानस्थलमा भेला भएका छन् ।

चीनले टर्बोप्रप इन्जिन भएका छोटो दूरीका साना खाले विमानहरु हजारौंको सङ्ख्यामा तथा जेट इन्जिन भएका मध्यम दूरीका साना खाले जेट विमानहरु सयौंंको सङ्ख्यामा निर्माण गरी बिश्वका धेरै एयरलाइन्सहरुलाई बिक्री गरिसकेको छ ।

यस सि–९१९ मोडेलको ठूलो जेट विमान सन् २०१४ मै उत्पादन भए लगत्तै परीक्षण उडान गर्दा बिभिन्न प्रकारका उत्पादकीय तथा प्राबिधिक समस्या देखिएकाले, सन् २०१६ सम्म डेलिभरी लिने गरी प्रशस्त अर्डर आईसके ता पनि दिन आपूर्ति गर्न ढिलाई गरिएको थियो । हाल, उक्त सबै उत्पादकीय तथा प्राविधिक समस्या सच्याई पुनः पहिलो पटक ब्यापारीक हिसाबले परीक्षण उडान गरिएको हो ।

तुलनात्मक रुपमा सस्तोमा उपलब्ध गराउन सकिने भएकाले, यस विमानले फ्रान्समा निर्माण गरिँदै आएको ए–३२० मोडलको एयरबस जेट तथा अमेरिकामा निर्माण गरिँदै आएको बि–७३७ मोडलको बोइङ्ग जेट जस्ता विमानहरुसँग मजासँग प्रतिस्पर्धा गर्ने बताइएको छ ।

यस सि–९१९ जेट विमान चीनको सरकारी लगानीको विमान उत्पादक कम्पनी कमर्सियल एयरक्राफ्ट कर्पोरेसन अफ चाइना (कोम्याक) ले निर्माण गरेको हो ।

हालसम्म, स्वदेशी तथा विदेशी समेत गरी तेइस वटा विमान सेवा कम्पनीले यस्तो पाँचसय सत्तरी वटा बिमान खरीदका लागि अर्डर दिइ सकेका छन् । अर्डर गर्ने कम्पनीहरुमा एयर चाइना तथा जिइ क्यापिटल एभिएसन सभिर्सेज् जस्ता बृहत लगानीका ठूला कम्पनीहरु पनि रहेका जनाइएको छ ।

https://youtu.be/oR07g8dZHe4



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।