वैदेशिक रोजगारीको लागि ओमन पुगेकी नेपाली महिला पीडामा, उद्धार गरिदिन सबैमा आग्रह
मस्कट ,ओमान – वैदेशिक रोजगारीको लागि नेपालबाट ओमान आएकी निमा शेर्पा पीडामा परेकी छन् ।
ताप्लेजुङ माईत भएकी सांवा ५ सोलुखुम्बु की ४५ वर्षीय नेपाली चेली निमा शेर्पा ओमान मा पीडामा परेकी हुन् । यसअघि ५ वर्ष जति कुवेतमा घरेलु कामदार को रूपमा काम गरेकी उनि घरेलु कामदार कै रूपमा दुबई जान चाहेकी थिईन ।
नेपालबाट पठाउने मेनपावर को नाम थाहा नभए पनि यहाँ आफुलाई यसरी फसाउने एजेन्टको नाम र फोन नम्बर भने थाहा भएको शेर्पाले बतायकी छन् । उनले बताए अनुसार गोपाल ढुंगाना, रबि राई र सोनाम मगर ले उनलाई पहिले नेपालबाट दुबई का लागि पठाएका थिए । दुबईमा भएकी दिपा बिक नाम गरेकी एजेन्टसंग केही दिन राखी त्यसपछि उनलाई ओमान ल्याईएको कुरा उनले डिसी नेपाल ओमान संवाददाता बिनेश खनाल संगको फोन सम्पर्कमा बताकीए छन् ।
आफूलाई यसरी अलपत्र पार्ने एजेन्टहरुको फोन नम्बर पनि आफूसंग रहेको जानकारी शेर्पाले गराएकी छन् । आवश्यक परेको खण्डमा एजेन्टहरुको मोबाइल फोन नम्बर उपलब्ध गराउने उनले बनाएकी छन् ।
मलेसियामा रहने उनका १ जना आफ्न्तले फेसबुकमा उनको बारेमा राखेको पोस्टको कारण उनी डिसी नेपाल संवाददाता संगको सम्पर्कमा पुग्न सफल भयकी थिईन् ।
बिगत ८ महिनादेखि ओमान को सुब्री भन्ने ठाउँमा स्थानीय ओमानी नागरिकको घरमा कार्यरत रहेको कुरा उनले बताईन् । १ जना ओमानीको घरमा मात्रै नभई ५-५ जना उसका आफन्तहरुको घरमा उनलाई काममा लगाउने गरेको पीडित शेर्पाले बतायकी छन् ।
५-५ जनाको घरमा काम गर्दा र उनीहरुको परिवारलाई खाना पकाई खुवाउँदादा पनि उनलाई मासिक तलब जम्मा ओमानि रियल ९० मात्रै दिने गरिएको र त्यही पनि समय मै नदिइएको उनले उनले बतायकी छन् ।
तुरुन्तै नेपालस्थित घर फर्कने इच्छा भएपनि घर मालिकले त्यस बापत पैसा बुझाउनु पर्ने भन्ने गरेको दुखेसो उनको रहेको छ । उनले भनिन्- तँलाई हामीले दुबईबाट ओमानी रियाल १६०० किनेर ल्याएको र यदि फर्कन चाहेमा ओमानी रियल १००० हजार तिर्नु पर्छ ।
मोबाइल फोन चलाउन दिए पनि मोबाइलमा रिचार्ड कार्ड हाल्न नदिने भएको हुँदा अहिलेसम्म आफूले ओमानमा रहेका कुनैपनी संघ-संस्थाको सम्पर्कमा आउन नसकेको उनले बताएकी छन् । नेपाली राजदुतावास ओमानको सम्पर्क नम्बर उनले केहि केही दिन अगाडि पाएकी थिइन् ।
कसै- संग फोनमा कुरा गरेर आफ्नो दुख र आफु नेपाल फर्कन चाहेको कुरा बताएको खण्डमा जङ्गल मा लगेर कसैले थाहा नपाउने गरि मारेर फाल्ने धम्की दिएको हुनाले आफ्नो पीडा अरुलाई बताउन नसकेको पनि उनले बताएकी छन् ।
१६ वर्ष पहिले श्रीमान बितिको बताउने उनले ३ छोराहरू भएको र उनीहरुको लालनपालन तथा शिक्षाको लागि आफू बिदेशीन बाध्य भएको बताएकी छन् ।
उद्धार गरी आफूलाई नेपाल फर्काउन नेपाल सरकारलाई पहल गरिदिन उनले अनुरोध गरेकी छन् ।
निजको नम्बर ००९६८९३३१२३२७ रहेको छ ।
(नोटः- खबरटाईममा प्रकाशित यो समाचार हामीले जस्ताको तस्तै साभार गरेका छौं, तपाई पनि यो पोष्ट सक्दो शेयर गर्नुहोस् ता कि आपदमा परेकी नेपाली चेलीलाई राहत मिलोस्)


