धनकुटाबाट भोजपुर जाने नयाँ सडक सन्जाल निर्माण
धनकुटा खबर, बैशाख २४ । कोशी राजमार्गको धरान–धनकुटा स्थित गुठिटार देखि भोजपुरको दक्षिणमा रहेको घोडेटार बजार सम्म जाने ४० किलोमिटर नयाँ सडक सन्जाल निर्माण गरिएको छ ।

तस्वीर: नवनिर्मित गुठिटार राईघाट भोजुर सडक खण्डको चुनवाङको दाङसिङ सडक खण्डमा काम गर्दै एक स्काभेटर डोजर
साबिक बेलहारा, आँखिसल्ला र चुनवाङ्ग गाबिसमा बिस्तार गरिएको बिभिन्न कृषि सडक जन्जालहरुलाई जोडेर राजमार्गको गुठिटार हुंदै चुनवाङ्गको अरुण नदीको राईघाट सम्म उक्त नयाँ सकड सजाल बनाईएको हो ।
सडक सन्जाल पुरा गर्न चालु आवमा जिल्ला समन्वयन समिति धनकुटाले ५ लाख र सडक डिभिजन कार्यालय धनकुटा मार्फत् ८४ लाख ७३ हजार ८ सय ९८ गरी कुल ८९ लाख ७३ हजार ८ सय ९८ खर्च गरेको छ ।
सडक खण्ड जोड्न बिभिन्न स्थानमा नयाँ ट्रायाक खोल्ने काम पुरा भएर पछि सडक सन्जाल उपभोक्ता समितिले सम्बिन्धित निकायहरुलाई अनुगमन गराएकार कामको प्रगतीको बारेमा जानकारी दिएको छ ।
गुठिगार,दाङसिङ,राईघाट,भोजपुर सडक उपभोक्ता समितिका अध्यक्ष कृण प्रसाद कट्टेलले नयाँ ट्राक खोलेर सडक सन्जाल पुरा भए संगै पुरानो २० किमी बाटोको स्तरउन्नती सकिएको जानकारी दिएका छन् ।
यो सडक सन्जाल बनेपछि दुई जिल्ला जोड्ने मुख्य सडक सहित धनकुटाबाट भोजपुर जाने बाटोको संख्या तीन पुगेको छ ।


