ए सरकार ! प्रहरीलाई यो देशको कानुन लाग्छ कि लाग्दैन ? : प्रसंङ्ग – सामाखुसि प्रहरी स्कुल घटना !

२ बर्ष अगाडि DSP मधु सुदन लुइटेलका छोरा मनिष लुइटेलले आफू सङ्गै रेडन कलेज सामाखुसीमा कक्षा १२ मा अध्ययन गर्ने गोर्खाका प्रज्वल कार्कीको नगरकोट घुम्न गएको बेला ढुङ्गा हानी हत्या गरे । हत्या हुने बितिकै देखि हत्यारालाई कुनै पनि हालतमा बचाउन लागि परेका DSP मधु सुदन लुइटेल, तत्कालिन भक्तपुर अनुसन्धान अधिकृत इन्स्पेक्टर यादव ढकाल, भक्तपुर सरकारी ओकिल भरत मणि आचार्य लगाएतले ठूलो भुमिका खेले । ढुङ्गाले हानी मारिएको घटनालाई सबै साक्षि लाई डर धम्की देखाएर ढुङ्गामा ठोक्किएको भन्ने झुटो बोल्न लगाए, पछि साक्षीले साचो ओकले पछि ढुङ्गाले त हानेकै हो तर मार्ने नियतले होइन भनेर घटना लाई भै परि आउने घटना तर्फ मोडेर हत्यारा लाई ८ महिना मा नै जेल मुक्त गरि छाडे ।

अब अहिले को सामाखुसि प्रहरी स्कुल घटनामा पनि विभिन्न संकास्पद घटनाक्रमहरु

१. बिदाको दिन एक्लै स्कुल बोलाउनु ।

२. प्रहरी हवलदार अधिकारीको छोरी सङ्ग प्रेम सम्बन्ध भएको कारण प्रहरी इन्स्पेक्टर शर्मिला गुरुङ्गले सम्झाउनको लागि मात्र हो भनी निजलाई बोलाइ सङ्गै आएको साथीलाई स्कुल गेट बाटै बाहिर पठाउनु ।

३. बरन्डाबाट हाम्फालेर आत्म हत्या गर्यो भन्ने बिबरण प्रस्तुत भै रहदा माथिल्लो तल्लाको भित्तामा रगतको दाग हुनु।

४. बरन्डाबाट सिधै हाम्फाल्न सक्ने अबस्था नहुदा बिचमा कतै नठोक्किएको देखिनु ।

५. पोस्ट मार्टम रिपोर्टमा आत्महत्या नै हो भनेको छ भनेर झुट बोल्नु (पोस्ट मार्टमले अत्याधिक रक्तश्राब भएर अथवा दिमागमा रगत बगेर मृत्यु भयो भन्न सक्छ तर माथी तल्लामा के भएको थियो कसरी भन्न सक्छ ?? ) ।

६. राता रात इन्स्पेक्टर शर्मिला गुरुङ्गको त्यस स्कुलबाट सरुवा गर्नु ।

यति धेरै सन्का गर्ने ठाउँहरु हुदा हुँदै जवर्जस्ती आत्महत्या हो भनी केसलाई रफा दफा गर्न खोजिनुले प्रहरी र उनका आफन्तलाई कानुनले छुन सक्दैन कि भन्ने एक प्रकारको भ्रम पैदा हुन पुगेको छ । पिडित पक्षले न्यायको लागि अनसन बसिरहदा त्यस स्थान मा २ जना DSP, ५ जना इन्स्पेक्टर, ६/ ७ जना सइ, असइको कमान्ड मा ६ भ्यान प्रहरी खटाइनुले घटना अझै रहस्यमय छ भन्ने सन्कालाई नै बल पुर्याउछ ।

यदि यस्तै घटनाहरु बढ्दै जाने हो भने, जनताको मन मा प्रहरी र राज्य प्रतीको विश्वासमा नै आच आउने छ । त्यसैले बेलै मा निस्पक्ष ससदीय अनुसन्धान आयोग गठन गरि निस्पक्ष छानविन गरि घटनाको सत्य तथ्य सावजनिक गर्न र कोहि दोषी देखिएमा कडा भन्दा कडा कारबाही गर्ने एक सचेत नेपाली नागरिकको हैसियतले जोडदार माग गर्दछु ।

लगभग १ बर्ष अगाडि पोखराको मणिपाल मेडिकल कलेज होस्टेलमा डाक्टर पढ्दै गरेका एक बिध्यार्थी डा अनिमेश ठाकुरको पनि उनको प्रेमिकाको घरको छत बाट लडेर मृत्यु भयो । त्यो कान्डमा पनि उपेन्द्र कान्त अर्याल (तत्कालिन प्रहरी IGP) को छोरो आयुश आर्यालको नाम आयो । एउटि डाक्टर पढ्दै गरेकी युवती सङ्गको त्रीकोणात्मक प्रेम सम्बन्धको कारण नियोजिय हत्या भएको दावी सहित पिडित परिवार प्रहरीको मा उजुरी लिएर गयो तर प्रहरीले आइ जि पि का छोरा आयुष बिरुद्दको मुद्दा दर्ता सम्म गर्न मानेन ।

– जितेन्द्र श्रेष्ठ सिमोनको फेसबुकवालबाट साभार |



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।