चट्याङ लागेर धनकुटामा ८ जना घाईते
धनकुटा खबर, बैशाख २६ । बर्षा र हावाहुरीसँगै परेको चट्याङले धनकुटामा आठ जना घाइते भएका छन् । चट्याङले खाल्सा छिन्ताङ सहीदभूमी गाउँपालिका र चौबिसे गाउँपालिकाका चार–चार जना घाईते भएका हुन ।
चट्याङ लागेर शहिदभूमि आँखिसल्ला ७ की मिरा राई,सोही गाउँका बर्ष २६ को डगेन्द्र राई, निजकै श्रीमती बर्ष २५ कि मन्दिरा राई,छोरा बर्ष २ को अभिषेक राई रहेका छन् ।
त्यस्तै चौबिसे गाउपालिका ३ बन्दुके डाडाका बर्ष ५२ बर्षकी भक्ती कुमारी लिम्बु,बर्ष २० को दल बहादुर लिम्बु,बर्ष २२ की राधिका भण्डारी र ईलाका प्रहरी कार्यालय राजारानीमा कार्यरत कार्यालय सहयोगी पासाङ दोर्जी शेर्पा रहेका छन ।
घाईतेहुनेहरुको कपाल डढेको,शरिरजलेको,कानबाट रगत बगेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ ।
चट्याङ लागेर चौबिसे गाउँपालिका–३ का गंगाबहादुर लिम्बुको एउटा गोरुसमेत मरेको प्रहरीले जनाएको छ ।
घाईतेहरुको स्थानिय स्वास्थ्य चौकी र धरान स्थित बिपी स्वास्थ्य प्तिष्ठानमा पठाईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुदिपराज भण्डारीले जानकारी दिनुभयो ।
यस अघि बर्षा र हावाहुरीसँगै परेको चट्याङल धनकुटाको छिन्ताङ्ग र महाभारतमा एकैदिन २ जना महिलाहरुको मृत्यु भएको थियो ।


