२५६१ औं बुद्ध जयन्तीमा धनकुटा हिलेमा द्धिप प्रज्वलन र शान्ति र्याली सम्पन्न
धनकुटा खबर, बैशाख २७ । २५६१ औं वुद्ध जयन्तीको अवसरमा बुधवार धनकुटा हिले बजार लगायत जिल्लाको बिभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरिएकोे छ ।
जयन्तीको अबसरमा हिलेको उर्गेन नाम्डु छ्योलिङ्ग गुम्वा हिलेको आयोजनामा हिले वजारमा बृहत् शान्ति ¥याली निकालिएको थियो ।
सो अबसरमा गुम्वाका प्रमुख लामा गुरु दोर्जे उक्याप लामाले मलमपाठ गरी (वङ्ग) आशिर्वाद र अमृतमय वचन भक्तजनहरुलाई प्रदान गरी १ सय ८ शान्तिद्धिप प्रज्वलन गरिएको थियो ।
कार्यक्रममा उर्गेन नाम्डु छयोलिङ्ग गुम्वामा आयोजित शान्ति प्रवचन कार्यकममा नेपाल तामाङ्ग घेदुङ्गका केन्द्रिय सल्लाहकार वीरवहादुर तितुङ्ग तामाङ्ग, उधोग वाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरे, घेदुङ्गका पुर्व जिल्ला अध्यक्ष कृष्ण तितुङ्ग तामाङ, घेदुङका सल्लाहकार निरेन तामाङ्ग, हिले वजार व्यावस्थापन समितिका अध्यक्ष वुद्ध तितुङ्ग तामाङ, समाजसेवी चिन्तन तामाङ, घेदुङका जिल्ला सदस्य फुर्वा घिसिङ, ताम्वा संघका जिल्ला अध्यक्ष हरिलाल मोक्तान, नेपाल यातयात मजदुर संगठन धनकुटाका अध्यक्ष सिंह तितुङ तामाङ लगायतले गौतम वुद्धको शान्ति उपदेश जो कसैले पालना गर्न सके मुलुक सतमार्गमा लाग्ने र दिगो शान्तिसंगै देशको चौतर्फी विकास हुने विचार व्यक्त गरेका थिए ।
त्यसैगरी जिल्लाको उत्तरपानी धर्मशालामा रहेको साङ्गे लुईच्यान थाम्जे छ्योलिङ्ग गुम्वा, सिधुवा वजारमा रहेको फुर्चिलिङ्ग गुम्वा, वुढिमोरङ्ग गाविसको वडा नं.९ दानावारी तामाङ टोल र वडा नं. ६ साल्वोटेमा रहेको ह्यारगेन छिरिङ्ग छोप्पा गुम्वामा दिप प्रज्वलन गरिएको छ ।
त्यस्तै पाख्रीवास नगरपालिका वडा नं.९ घोर्लिखर्कमा रहेको वौद्धमाने डिकुरे डाँडा र पाख्रीवास वजारमा रहेको तमु वौद्ध गुम्वामा मा पनि १ सय ८ शान्तिद्धिप प्रज्वलन गरि वौद्धमार्गीहरुले भगवान वुद्धको जन्म दिनको अवसर पारेर शान्तिको कामना गरेका छन् ।
उता जिल्लाको उत्तरपानी धर्मशालामा रहेको साङ्गे लुइच्यान थाम्चे छ्योलिङ्ग गुम्वामा विश्व शान्ति द्धिप प्रज्वलन कार्यक्रमसम्पन्न भएको धनकुटाका सचिव सन्तवीर लामाले जानकारी दिनुभयो ।

तस्विर: २५६१ औं वुद्ध जयन्तीको अवसरमा हिले वजारमा वजार परिक्रमा गर्दै ।


