प्रचण्डपुत्री जिताउन माओवादीसँग तालमेल गरेकोमा कांग्रेस नेतृ मृदुला कोइरालाको कडा विरोध

काठमाडौं, २९ वैशाख । नेपाली कांग्रेसकी नेतृ मृदुला कोइरालाले कांग्रेस र माओवादी केन्द्रबीच भएको चुनावी तालमेलको कडा शब्दमा विरोध गरेकी छन् ।

कांग्रेसमा कोइराला परिवारकी चेली एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाको जनसम्पर्क सल्लाहकार समेत रहिसकेकी मृदुलाले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत कांग्रेस माओवादी गठबन्धनको विरोध गर्दै पार्टी नेतृत्वमाथि कडा प्रश्न तेस्र्याएकी छन् ।

उनले प्रश्न गरेकी छन्– ‘यो कस्तो गठबन्धन, कार्यकर्तालाई यो कत्रो धर्मसंकट ? मुक्तिनाथ अधिकारी लगायत कांग्रेस भएकै कारण मारिएका तमाम सहिदका परिवारलाई के जवाफ दिने होला ? के साच्चिकै नेपाली कांग्रेसको समाजवाद र आर्दश अब माओवादीको विचारधारतर्फ पिछलग्गु भएकै हो त ? यसबेला विपी, गणेशमान र किसुनजीहरु के सोचिरहेका होलान ?’

नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा महिला आरक्षणतर्फ केन्द्रीय सदस्यमा लडेकी मृदुला झिनो मतले पराजित भएकी थिइन् । हाल उनी पार्टीमा त्यति सक्रिय छैनन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।