‘यो त गधा हो, यस्ले जे पनि भन्दिन सक्छ, गधासँग बिबाद गर्ने त मृग नै होस् मूर्ख !’
एक पटक मृग र गधाको बिबाद निकै चर्किएछ ! मृगले आकाश निलो छ भन्दो रहेछ, अनि गधा चाहिँ आकाश कालो छ भन्दो रहेछ !
उनीहरुको बिबाद निकै बढ्न थालेपछी दुबैले जङ्गलको राजा सिंहकोमा जाने निर्णय गरेछन्। सिंहले मृग र गधाको कुरा राम्ररी सुनेछ र फैसला गरेछ, मृगलाई जेल हाल्ने !
मृगलाई जेल हाल्ने फैसला सुनेपछी मृगले झर्किदै भनेछ-‘ राजा ! मैले त आकाश निलो हुन्छ भनेर सहि नै भनेको थिए, फेरि मलाई नै सजाय किन ?’
त्यसपछी सिंहले जवाफ दिएछ- ‘यो त गधा हो । यस्ले जे पनि भन्दिन सक्छ, गधासँग बिबाद गर्ने त मृग नै होस् मूर्ख !’
के तपाईले कहिल्यै देख्नु भएको छ -प्रचन्डले, केपि वली सँग बिबाद गरेको ?
– कुवेर क्रान्ति पाठकको फेसवुक वालबाट ।


