पतिसँगको घर झगडा करिश्माले फेसबुकमै लेखिन्

वैशाख–३१ । नयाँ शक्ति पार्टीकी नेतृ तथा फिल्म कलाकार करिश्मा मानन्धर पति विनोद मानन्धरविरुद्ध सामाजिक सञ्जालमै खनिएकी छन् ।

सप्तरी राजविराजका पति विनोदले आफनो र छोरीको नाम काठमाडौंमा दर्ता गरेर करिश्माको छुटाएको आरोप करिश्माको छ । आफैले आफ्नो नाम दर्ता गर्दा सप्तरीको मतदाता नामावलीमा आफ्नो नाम दर्ता भएको उनले लेखेकी छन् ।

उनले लेखेको स्टाटस यस्तो छः
म काठमाडौंको नागरिकता भएको मान्छे। वहासँंग बिबाह गरेपछि सप्तरी राजबिराजबाट मेरो नागरिकता मानन्धरको नाममा परिवर्तन गरियो । म चुप लागेँ । सायद श्रीमानकोमा राख्नुपर्छ होला भनेर यत्रो बर्ष भयो । वहाँले मेरो भोटिङ कार्ड बनाई दिनु भएन। हामी लाजिम्पाट बस्छौ। आफ्नो र छोरीको बसाइँसराई गरेर वहाँले भोटिङ कार्ड लिनु भएछ।

तर वहाँले मेरो पनि लिनु पर्छ भनेर जरुरी सम्झिनु भएन। मैले वहाँलाई सोधेँ तर वस्ता गर्नु भएन .. म आफैँ गएर ३ घन्टा लाईन बसेर रजिस्ट्रर गरेँ .. बसाइँसराईको कागज पनि थिएन। त्यसैले सप्तरीको लिस्टमा पुगेछ ..न म राजबिराज को हो न म त्यहाँ कहिले बसेको छु। कसरी गएर भोट दिने ? .. अरु सब कुरामा उ मेरो मालिक होला तर मेरो नैसर्गिक अधिकारमा पनि स्वामित्व जमाउन खोजेको मलाई सह्य भएन ..sorry to say this Binod you have to accept me as your important family member you are taking me too light .



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।