भुत खेदाउँदा झण्डै ज्यान गयो !

धनकुटा खबर । भुत भनेपछि बम बहादुर अहिले पनि झस्किन्छन् । भुत भाग्यो कि भागेन तर भुत खेदाउने क्रममा बम बहादुरले झण्डै ज्यान गुमाए ।

कुरा बैसाख २५,२६ गते तिरको हो । पाँचथरको साबिक आङ्ना गाबिसको रातमाटे गाउँमा किसानका गाईबस्तु बिरामी भएको निकै समय भएको थियो । घाँस नखाने,खोकी लाग्ने जस्ता लक्षण देखिएर गाई,भैसी,बाख्रा लगाएतका बस्तुहरु मर्ने अबस्थामा पुगेपछि चौतर्फी त्यसको चर्चा हुन थाल्यो । अनेक घरेलु उपाय अपनाउँदा पनि आफ्ना बस्तुभाउ निको नभएपछि मान्छेहरुमा अनेक चर्चा भयो ।

तस्वीरः उपचारका क्रममा धनकुटा अस्पतालको बेडमा बम बहादुर

यसै शिलसिलामा आङ्ना ५ रातमाटेका बम बहादुर तामाङको ससुरालीमा पनि गाई भैंसी बिरामी भयो । अन्यत्र पनि औषधीले निको नभएकाले यो पक्कै देवीदेउताको प्रकोपको कारण बिरामी भएको हो भन्ने तामाङका सासुलाई लागेछ । त्यसपछि उनले गाउँको एउटा धामीलाई जोखाना हेराउँदा साँच्चै गाईबस्तुलाई भुत लागेको ठहर भएछ । त्यसपछि कसरी भुत भगाउने भन्ने कुरा हुँदा धामीले आगो लगाएर खेदाउनुपर्छ भन्ने कुरा भएछ । त्यसपछि बैसाख २७ गते राती १२ बजे भुत खेदाउने नीधि भएछ ।

त्यसपछि भुत खेदाउन आङना ४ बाट सासुले बोलाएपछि ३० बर्षिया बम बहादुर सबेरै ससुराली पुगेछन् । त्यसपछि धामीले ढ्याङ्ग्रो ठोकेर भुत देखाउने र बम बहादुरले आगोको ज्वालाले हिर्काएर त्यसलाई खेद्ने सल्लाह भएछ ।

रात निकै छिप्पिएर करी १२ बजेपछि धामीले ढ्याङ्ग्रो ठट्टाएर भुत आएको संकेत गरेछन् । यतिकैमा बम बहादुरले बोतलमा रहेको मट्टितेल मुखमा राखेर हातमा भएको आगोको पुल्ठोतिर मट्टितेल फ्याके ।

धामिले फेरी ढ्याङ्ग्रो ठोकर भुत भनेर देखाए बम बहादुरले फेरी त्यतै सोझाएर मुखबाट मट्टितेल संगै आगोको फोहोरा निकालेर धामीले देखाएको भुततिर आगोको लप्टो फ्याँके ।

तर तेस्रो पटक धामिले भुत देखाउँदा बम बहादुरले भुतलाई आगो लगाउन भ्याएनन् । यो बेला मुखबाट मट्टितेल निकाल्न अगाबै टाढैबाट आगोले बम बहादुरको मुख जल्न थाल्यो । अब बम बहादुर लाग्यो भुतले मलाईनै हमला गरेछ । तर हैन रहेछ । सासुले मट्टितेल भनेर ल्याएको चिज पेट्रोल परेछ । त्यसैले पो आगो लागेछ । बलिरहेको बम बहादुरको अनुहारका आगो केहि गर्दा नि निभेन तर यहि बेला अचानक उनका एक जना साथीले एक जग पानी छ्यापेपछि मात्र आगो निभ्यो ।

त्यस पछि उनी अहिले ७ दिन देखि धनकुटा अस्पतालमा उपचारको क्रममा छन् । आगोले उनको अनुहार र छात्तिको अधिकाँस भाग जलेको छ ।

अनि पेट्रोल भन्ने कुरा थाहा भएन भन्दा उनी भन्छन्–‘यो त जुस जस्तो छ त ? भनेर सासुलाई सोध्दा,साहुजीले मट्टितेल भनेर दिएको हो भने नि त ?!’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।