कतारी सेनाको निर्माणधीन भवनमा दुर्घटना हुँदा कतारमा एक नेपाली सहित ३ कामदारको मृत्यु

कतारको ओम सलाल अलीस्थित कतारी सेनाको निर्माणधीन भवनमा दुर्घटना हुदाँ नेपाली सहित तीन कामदारको मृत्यु भएको कतारको रक्षा मन्त्रालयले जनाएको छ । केही घाइते भएका छन् ।

मृत्यु हुने नेपाली कामदारमा चिनक मल्लाह रहेको नेपाली दूताबासले जनाएको छ । घाइते हुनेमा गंगाराम चौधरी छन् । घटनाको बिस्तुत सुचना आउन अझै बाँकी छ ।

अल बन्दरी इन्जिनियरीङ ट्रेडिङ कम्पनीले बनाउदै आएका त्यस भवनमा अन्य कम्पनीका कामदार समेत गरेका थिए । मृत्यु हुने बाँकी दुई फिलिपिनी र भारतीय कामदार रहेका छन् ।

त्यस आयोजनाभित्र ठुलो सख्यामा कामदारहरु कार्यरत थिए । दुर्घटनामा सामान्य घाइते भएकालाई उपचार गरी क्याम्पमा पठाइसकेको छ । त्यस घटनामा मृत्यु हुनेलाई उचित क्षतिपुर्ति दिइने रक्षा मन्त्रालयद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।