“नेपाली रैथाने मधेशीको हकहित र अधिकारको रक्षाकोलागि लड्ने कोही छ भने के पि ओली नै हुन्” : सन्जीव झा

युबा सँघ नेपाल का केन्द्रिय सचिबालय सदस्य एवम नेकापा एमालेका बहुचर्चित युबा नेता सन्जीव झा सँग दोश्रो चराण को चुनाव तथा मधेशमा नेकपा एमाले को अवस्था र भाबी रणनिती को बिषयमा शिखर न्युजका लागि अमृता खनाल ले गरेको कुराकानीको संक्षिप्त्त अंश।
अहिले सम्म को चुनाव को मतगणना को परिणाम् लाई यहाँ ले कसरी लिनुभएको छ ?

यो चुनाव राष्ट्रघाती र राष्ट्रबादी बिच को लडाईं हो । स्थानिय तहले आँफै मा जनता को सिङ्गदरवार जनता कै गाउँ मा संस्थागत गर्ने संबिधान को महत्वपूर्ण उपलब्धी हो भने अर्का तिर जनमत राष्ट्रघाती को बिरुद्ध जनता को अभिमत हो । बेलै मा राष्ट्रहित बिरुद्ध निर्णय गर्ने दल हरु सचेत भएनन् भने ति दल हरु निर्वाचन आयोग को दर्ता किताब मै मात्र सिमित रहनेछन् ।
दलहरु को चूनाबि तालमेल गर्ने प्रब्रिद्धी प्रती तपाईं के भन्नुहुन्छ ?

नेपाली जनताले चुनाव भन्दा पहिलेका तालमेल स्विकार नगरेकै अवस्था हो । दलिय राजनीतिमा चूनाबि तालमेल हुनु अस्वभाबिक पनि होइन तर नेपाली जनता तालमेल लाई बर्गिकरण गर्दै मुल्याङ्कन गर्छ भन्ने कुरा यो चुनावको जनमत हेर्दा प्रस्ट हुन्छ । ने. क. पा. एमाले र रा. प्र. पा. सँग राष्ट्रिय हित को मुद्धा लाई केन्द्रबिन्दुमा राखेर मात्र चूनाबि तालमेल गरेको हो । बाँकी रा. प्र. पा. का हिन्दू राष्ट्र राज्संस्था जस्ता एजेन्डा सँग एमाले को टाढा टाढा सम्म कुनै सरोकार छैन । अब हुने तालमेल जनता को इच्छा बुझेर मात्र गर्नुपर्छ जस्तो मलाई लाग्छ ।
नेपाली कांग्रेस र मावोबादी केन्द्रको तालमेल लाई कसरी हेर्नुहुन्छ ?

खेत रोपाइ गर्न जाँदा हलोको जुवाँ मा एकातिर भैंसी र अर्को तिर गोरु राखेर खेत जोत्नु जस्तै हो । विश्व राजनीतिमा जहाँ पनि कांग्रेस र कम्युनिस्ट बिचकै लडाईं हुन्छ तर नेपाल मा यो अचम्म को प्रयोग भएको छ । जहाँ कांग्रेस र कम्युनिस्ट को चूनाबि तालमेल भएको छ । प्रधान मन्त्री प्रचण्ड जिउ कांग्रेस लाई मतदान गर्ने ईतिहास कै पहिलो कम्युनिस्ट प्रधानमन्त्री हुनुभयो । कांग्रेस लाई मतदान गरेर प्रचन्डले पाटी प्रती को धर्म र कम्युनिस्ट को जात दुबै गुमाउनु भयो ।

दोश्रो चरणमा मधेश मा चुनाव हुन्छ कि हुँदैन ?
सरकार द्वारा कुनै बेइमानी भएन भने एकदम उत्शाहका साथ सबै दलको सहभागीतामा उत्शाह र उल्लास पूर्वक मधेशमा चुनाव हुन्छ । कदम कदाचित कुनै दलले चुनावमा भाग लिएन भने शरीर रहिरहने र शरीर बाट हड्डी को ढाचा गायब हुने अर्थात सो दलका नेता मात्र रहिरहने छन् कार्यकर्ता पलायन हुनेछन्।

तपाईं को पार्टी ने. क. पा. एमालेलाई मधेश बिरोधि भन्छन् यो अवस्थामा चूनाबि पारीणाम कस्तो अपेक्ष्या गर्नुहुन्छ ?
ने. क. पा. एमाले मधेश मै जन्मेर हुर्किएको राष्ट्रिय पार्टी हो । काग कराउदै मा पिना सुक्दैन भनेजस्तै, जुन दलको आफ्नो अस्तित्व रक्षाको लागि दर्जनौ दल मिलेर एउटा दल बनाउनु पर्ने अवस्था छ, त्यस्ले एमाले जस्तो संगठित् राष्ट्रिय पार्टीको बिषयमा बोल्नु बाहुनको टुप्पी समातेर नदी पार गर्नु जस्तै हो ।

प्रजातान्त्रिक नेपाल र गणतान्त्रिक नेपालको ईतिहासमा नेपालमा आजसम्म मधेश केन्द्रित बिकासका बजेट सबैभन्दा बढी कसैले दिएका छन् भने त्यो तत्कालिन के. पि. ओली प्रधानमन्त्री भएको सरकार हो । यो कुरा चुनाव मा हामी गाउँ /गाउँ वडा/ वडा सम्म पुर्याउने छौं । वास्तव मा नेपाली रैथाने मधेशी को हकहित र अधिकारको रक्षाकोलागि लड्ने कोही छ भने त्यो ने. क. पा. एमाले र यो पार्टीको अध्यक्ष राजनेता के. पि. ओलीनै छन् र यस्का लागि मधेशको चुनावमा हामीलाई अपेक्षा छ कि पार्टीले बाँकी प्रदेश शहित श्रद्ध्यय अध्यक्ष के. पि. ओलीज्यु को कमान्ड मा मधेश मा पनि एतिहासिक बिजय प्राप्त गर्ने छौं ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।