“आजभोलि काँग्रेसले जितेपनि मैले नै जिते जस्तो लाग्छ” : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेसले जितेपनि आजभोलि आफैंले जितेको जस्तो भान हुने बताएका छन् ।

कृषि तथा वन विज्ञान विश्व विद्यालयको केन्द्रीय कार्यालयको उद्धघाटन कार्यक्रममा शुक्रबार प्रचण्डले मुलुकमा स्थानीय तहको निर्वाचन भएर मुलुकले जितेकोले काँग्रेसले जितेपनि आफैंले जितेजस्तो लाग्ने, एमालेले जितेपनि आफैंले जितेजस्तो लाग्ने बताए ।

उनले भने ‘निर्वाचन सम्पन्न भएपछि कस्ले जित्छ कस्ले हार्छ भनेर मैले हेर्ने गरेको नै छैन । अहिले त काँग्रेसले जितेपनि आफैंले जितेको जस्तो ठान्ने गरेको छु । एमालेले जितेपनि आफेंले जितेको जस्तो ठान्ने गरेको छु र माओवादीले जिते त यसै ठान्ने नै भईहालेँ ।’

उनले निर्वाचन सकिएपछि एउटा ठूलो जिम्मेवारी पूरा भएको सोचेर आफूले टेलिभिजन पनि हेर्न छाडेको प्रतिक्रिया दिए । प्रधानमन्त्री प्रचण्डको दल नेकपा माओवादी केन्द्र अहिलेसम्मको स्थानीय तहको निर्वाचनमा तेस्रो स्थानमा अघिबढीरहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।