प्रहरी र म्यादी प्रहरीबिच दाेहोरो झडप, प्रहरी चाैकी ताेडफाेड

स्थानीय तहको चुनावका लागि खटिएका म्यादी प्रहरीले प्रहरी चौकी मच्छीमा तोडफोड गरेका छन् । प्रहरी र म्यादी प्रहरीबिचको विवाद हुँदा उनीहरुले चौकीमा तोडफोड गरेका हुन् । झिमरुक गाउँपालिका अन्तर्गत मतदान केन्द्रमा खटिएका म्यादीलाई प्रहरीले कुटपिट गरेको भन्दै म्यादी प्रहरीले तोडफोड गरेका हुन् ।

तालिमका क्रममा प्रहरी सहायक निरीक्षकले म्यादी प्रहरी हरि बिक्रम केसीलाई छातीमा हानेको भन्दै म्यादी प्रहरी आक्रोशित भएका हुन् । प्रहरी बिचको आपसी विवाद मिलाउन नसक्दा प्रहरी र म्यादी प्रहरीबीच दोहोरो झडप समेत भएको थियो । झडपका क्रममा म्यादी प्रहरीले कार्यालयमा ढुंगामुढा प्रहार गरेपछि झ्यालढोकाका सिसा तोडफोड भएका छन् ।

कुर्चि, बेन्चलगायत प्रहरीका महत्वपूर्ण कागजातमा क्षति भएको छ । घाइते केसीको स्वर्गद्वारी लाइफ केयर हस्पिटल बाग्दुलामा उपचार भइरहेको छ । स्थानीय बासिन्दाको सहयोगमा चौकीलाई थप क्षति हुनबाट जोगाएको बताउँदै प्रहरीले सामान्य विवादमा समेत चौकीमै आगजनी गर्ने हिसावले आक्रोशमा उत्रिएको जनाएको छ ।उज्यालाे अनलाइनबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।