धनकुटाको ईतिहाँसमै पहिलो पटक सिमान्तकृत ‘आठपहरीया’ जातिबाट दिनेश पहिलो ‘मेयर’ उमेद्वार !
धनकुटा खबर, जेठ ७ । नेपाली कांग्रेस धनकुटाले धनकुटामा मात्र बसोबास गर्ने सिमान्तकृत आठपहरीया जातिबाट दिनेश आठपहरीयालाई धनकुटा नगरपालिकाको लागि मेयर उमेद्वार पदका लागि अगाडि सारेको छ ।

देश संघियतामा गएपछि धनकुटाको ईतिहाँसमा आठपहरीया जातिको तर्फबाट स्थानिय निकायको मुख्य पदका लागि अगाडि सारिएको यो पहिलो पटक हो । आठपहरीया जातिको सघन बस्ति भएको धनकुटा नगरपालिकामा अन्य पाटीहरुले बिभिन्न सदस्यको उमेद्धार दिए पनि मेयरको हकमा उनी एक मात्र उमेद्धार हुन् ।
स्थानिय निकायमा सबै भन्दा महत्वपूर्ण मानिएको धनकुटा नगर कांग्रेसको गढ र आठपहरीया जातिहरुको निर्णयक मत भएको क्षेत्र मानिन्छ ।
सामाजिक,आर्थिक र साँस्कृतिक रुपमा पछि परेका यी जातिहरुको उत्थान र सम्मानका लागि आठपहरीया उमेद्वालाई अगाडि सारिएको पार्टीका सचिव बिजय सन्तोषी राईले जानकारी दिनुभयो ।
राईले उप–मेयर र २ वडा अध्यक्ष बाहेक ८ वटा वडा अध्यक्षहरुको नाम पार्टीको आगामी बैठकले टुंगो लगाउने जानकारी दिनुभयो ।
अन्य वडा अध्यषका उमेद्वारहरुमा रुकमान तामाङ–१,पृथसिंह दाहाल–२,पदम भण्डारी–३,कमल श्रेष्ठ–४,धनकुमार राई–५,मोहन श्रेष्ठ–७,सिताराम खत्री–९ र वडा नं. ९ बाट भूपराज तामाङ रहेका छन् ।
मेयरका उमेद्वार आठपहरीयाले आफूले नगरमा बिजयी भएमा नगरका बिकट गाउँहरुमा समेत बजार सरह सेवा सुबिधा पु¥याउने जानकारी दिनुभयो ।


