एमाले धनकुटाको चुनावी अभियान
धनकुटा खबर, जेठ ८ । नेकपा एमालेले सोमबार धनकुटाको ४ नं वडामा चुनावी अभियान सन्चालन गरेको छ ।

वडाको लोकसेवा क्षेत्रका जनताहरुलाई लक्षित गरेर वडाका अध्यक्ष अघमशेर राईको अध्यक्षतामा कोणसभाको आयोजना गरेको छ ।

कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्य अर्जुन राई,नगर अध्यक्ष अर्जुन छारा,यूवा नेथा जमशेर राई लगाएतले एमालेको नीति तथा कार्यक्रमको बारेमा जनताहरुलाई जानकारी गराउनु भएको थियो ।
उक्त चुनावी अभियानमा धनकुटा नगरपालिकाका मेयर पदका प्रत्यासी चिन्तन तामाङले आफू बिजयी भएमा धनकुटा नगर र गाउँहरु सम्म सेवा सुबिधा पु¥याउने जानकारी दिनु भयो ।


