भीरगाउँ स्थित टंक मावि वाल क्लवद्वारा भित्ते पत्रिका प्रकाशन

धनकुटा खबर, जेष्ठ ८ । धनकुटा भीरगाउँ स्थितको श्रीमान टंक माद्यमिक विद्यालयको वाल क्लवले आज देखी विद्यालयमा भित्ते पत्रिका प्रकाशनमा ल्याएको छ ।

विद्यालयको आन्तरिक श्रोतवाट वाल क्लवले भित्ते पत्रिका प्रकाशनमा ल्याएको विद्यालयका प्रधानाध्यापक वासुदेव निरौलाले जानकारी दिनुभयो । भित्तेपत्रिकामा विद्यार्थीहरुको प्रतिभा प्रकाशन तथा लेख रचनाहरु राखिने पनि उहाँले वताउनुभयो ।

आज विद्यालयमा एक कार्यक्रमको आयोजना गरी पत्रिका प्रकाशनको उद्घाटन गरिएको वालक्लवले जनाएको छ । क्लवका सभापति गरिमा गुरागाईको अध्यक्षतामा सञ्चालित कार्यक्रमको वीच चुलाचुली श्रोत केन्द्रका श्रोत व्यक्ति रुद्र वहादुर विश्वकर्माले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा प्रधानाध्यापक निरौला र शिक्षक नर वहादुर विश्वकर्माले मन्तव्य राखेका थिए भने सञ्चालन वालक्लव संरक्षक शिक्षक सरोज दाहालले गर्नुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।