देउवा नै प्रधानमन्त्री किन ?
एक से एक होनाहार सोच बिचार कार्यक्रम र उर्जा बोकेका युवा तन्न्नेरी छन हाम्रो दलमा तर देउवा दाजु किन तपाईं नै प्रम किन ?
सबै थोक सामान्य र नियमित रहेमा अबको दश दिनमा देशले नयाँ प्रधानमन्त्री पाउदैछ । शेर बहादुर देउवाका नाम मा तर देउवानै किन फेरी पुन चौथो पल्ट प्रम त ? मेरा जिज्ञासा ! किन ?

पञ्चायत बिद्रोहको आन्दोलन देखि नेवीसंघ हुँदै म कांग्रेसको मतदाता मात्र हैन सक्रिय कार्यक्रता हुँ । सुरुमै यो स्पष्टिकरण दिनु पर्नाको कारण के हो भने यो लेख पढेर देउवाका हलीहरुले म माथि सत्तो सराप नगरुन अन्य दलको एजेन्ट नभनुन । कालन्तरमा गिरिजाको एक्कोहोर दल र सरकार चलाउने तरिका अनि माओवादी संगको प्रस्तुतिले म लगायत धेरै काँग्रेस भित्र गिरिजा विरोधी कित्तामा उभिंन पुग्यौ । हामी नेता त किसुनजीलाई मान्थ्यौ तर यि देउवा दाजु निर्बिकल्प किसनजीका उत्ताराधिकारी र हाम्रा नेता भए । पाटीको बिभाजनमा प्रदिप गिरिका शब्द सापट लिने हो भने- “हामी अझ धेरै प्रजातान्त्रिक हुन देउवाका पछी लाग्यौ र न काँग्रेस रह्यौ न प्रजातान्त्रिक नै भयौ ।

०५२ सालमा पाटी सभापति, गिरिजाले नजा भन्दा भन्दै, बाबुरामले बुझाएको ५० बुदे माग रद्दिको टोकारीमा फालेर भारतको भ्रमणमा निस्कदाँ प्रधानमन्त्रिले स्वतन्त्रपुर्वक काम गर्न पाउनु पर्छ भन्दै हामी यिनै देउवाको बचाउमा उत्रियौ ।
आफ्नो सत्ता टिकाउन संसद किन-बेच ! प्राडो र पजेरो संस्क्रिती हाम्रा देउवा दाजुले भित्र्याउनु भयो हामी इमान्दार सिपाही जस्तो चुप लागेर बस्यौ । अनि माओवादी जन्मिए, हामीले दश दश बर्ष हाम्रा आस्था र बिस्वास ज्यानको बाजी राखेर जोगाएर राख्यौ । बिदेसी रक्सिको तालमा केही पस्सिमा एजेन्ट संग बसेर देउवाले टाउकाको मोल काठमाडौंमा तोके ।
तीन तीन पल्ट प्रम हुँदा न त यिनले सम्झन लायकको एउटै काम गरे । भित्र्याए त मात्र खराबी त्यो पनि गनेर न सकिने । २०४५ सालको चैत बैशाखमा बिर्तामोडमा पुलिसको लाठी हामीले खादा यिनी युरोपमा वाइन खान्थे । अहिले बुढानिलकण्ठमा ब्ल्याक लेवल खान्छन ।
मोफसलमा हामिलाई टाउका जोगाउन मुस्किल पर्यो । आज उही मुल्य तोकिएको टाउको संग यिनको हनिमुन चल्दैछ । प्रजातान्त्रिक हुँ र बेलायतमा पढेको छु भन्ने देउवा दाजुले संकटकाल थपे । गिरिजाले साधारण सदस्यबाट यिनको नाम काटे । अनि जन्मियो नेका प्रजातान्त्रिक । पुर्व राजा ज्ञानेन्द्रले यिनलाई नालायक असक्षम भनि सिंह दरबार बाट कान समातेर निकाले । गिरिजा र केही बामपन्थीको शहर र माओको जगलको तन्डाब मथ्थर पार्न यिनलाई राजाले बोलाए । राता रात दौरा सुरुवालमा इस्त्री लगाएर गोर्खाका राजाले न्याय गरे भन्दै लम्पसार परे र जागीरे प्रम भए । अनि त अलि अलि भएको प्रजातन्र पनि दरबारमा बुझाएर निस्किए ।
जनताको दवाब माओवादीको हत्या हिँसा अनि राजा संगको इख झार्न पाटी एकिकरण भयो यिनी नेपथ्यमा गए । पुन: गिरिजा युगको सुरुवात भयो । शुशिल कोइरालाको निधन पछी टुहुरो भएको कोइराला क्याप र गुट उप गुटको फाईदा लिदै यिनी काँग्रेस भित्र ठुलो गुटको नेता भए समग्र काँग्रेसको सभापति हुन सकेन्न ।
तीन तीन पल्ट प्रम हुँदा न त यिनले सम्झन लाएको एउटै काम गरे । भित्र्याए त मात्र खराबी त्यो पनि गनेर न सकिने । २०४५ सालको चैत बैशाखमा बिर्तामोडमा पुलिसको लाठी हामीले खादा यिनी युरोपमा वाइन खान्थे । अहिले बुढानिलकण्ठमा ब्ल्याक लेवल खान्छन ।
प्रजातान्त्रिक दलले ठुला ठुला निर्णय गर्दा बिधी सम्बत हुने गर्छन् । तल्लो तह देखी केन्द्रिय स्तर सम्म छलफल र कार्यक्रताको मत अनुसार निर्णय हुन्छ । माओवादी संग सत्ता साझेर देखि चितवनको मेयर उम्मेदबार सम्मका निर्णयमा यिनको सत्ता स्वार्थ छ । पाटिका कुनै पनि निकायमा सामान्य छलफल समेत भएको होइन । दल गुट र उपगुटको दलदलमा एसरी भासिएको छ कि गुटे नेतालाई आँफुनो गुट बाट मन्त्री र दलाली पाइन्न भनेर पिर छ र यिनका सबै अप्रजातान्त्रिक कार्यको स्विकार्य छ । कांग्रेसमा हिजो पनि भ्रष्टचारिहरु थिए भोली पनि होलान तर तत्कालिन नेत्रित्वले तिनिहरुलाई पाखा लगाएको र जनताले तिरस्कार गरेका थिए । उर्जा मन्त्री हुँदै कर्मचारी सरुवामा र जल माफियाबाट कमिशन खाएर बद्नामलाई च्यापी च्यापी परराष्ट्र मन्त्री बनाको पोल राजदुत नियुक्ति गर्दाको लेनदेनले झर्लङ्ग भएको छ ।
चौथो पल्ट प्रम हुँदै गर्दा आजको दिनमा भोली देश र जनतालाई हाक्ने रोड म्याप के छ देउवा दाजु तपाईं संग ? १८-२० बर्षको तपाईंका भाषण, सभा, सम्मेलन, राजनीतिक प्रतिबेदन र छलफलमा कँही कतै देशलाई कसरी कुन दिशामा लाने केहीइ सोच देखिन्नत । तीन तीन पल्ट प्रम हुँदा दाजु तपाईंले के गर्ने पाउनु भएन र अब गर्नु हुन्छ ? देश र जनतालाई नभन्नु कृपया म जस्तो तपाईंका हरेक कार्यको समर्थन गर्ने एउटा नेपाली काँग्रेसको सामान्य कार्यकर्तालाई त भन्ने अब तपाईं किन र के का लागि फेरी प्रम मन्त्री ? किन ?
एक से एक होनाहार सोच बिचार कार्यक्रम र उर्जा बोकेका युवा तन्न्नेरी छन हाम्रो दलमा तर देउवा दाजु किन तपाईं नै प्रम किन ? देश र जनतालाई थाहा भएको हो तपाईं एक असफल प्रम अलोकतान्त्रिक सोच, चाकारीबाज र आँफ्नो गुटको भलो गर्ने एक सामान्य मानिस हो तपाईं बाट देश र काँग्रेसको कल्याण हुन्न । अब भन्नु होला स्थानिय चुनावमा काँग्रेसको पर्दशन ?
देउवा दाजु त्यो त गाँउ गाँउमा रहेका कांग्रेसी कार्यकर्ताको इमान,ब्यक्तित्व दश बर्से हत्यारा दललाई दिएको सजाए र महेन्द्रिय राष्ट्रबाद बाट वाक्क भएका जनताले बिकल्प नपाएर हो ।
नत्र लोडसेडिङ्ग अन्त्य गरेको भरमा जित्छु भन्ने प्रचण्डलाई कसरी लोप्प खुवाइदे जनताले । – नेपालएचडी ।


