आफूले जितेको नगर तथा गाउंमा आफ्नो भत्ता रकम सामाजिक कार्यमा लगाउने पाख्रीबास कांग्रेसको उद्घोष

धनकुटा खबर, जेष्ठ १३ । स्थानीय तहको दोश्रो चरणको निर्वाचन नजिकिदै गर्दा धनकुटामा क्रियाशिल राजनीतिक दलहरुले जिल्लाको विभिन्न स्थानमा निर्वाचन प्रचार प्रसार कार्यक्रमलाई तिव्रता दिएका छन् । यसै क्रममा आज नेपाली कांग्रेसले पाख्रिवास नगरपालिकाको वडा नं ९ मा चुनावी सभा सम्पन्न गरेको छ ।

चुम्माङ्ग उत्तरपानीमा भएको कार्यक्रमलाई सम्वोधन गर्दै स्थानीय तहको निर्वाचनमा कांग्रेसले त्यहाँका स्थानीय जनताको माग अनुसार विकास निर्माणको कामलाई प्राथामिकतामा राख्ने वताएका छन् ।

उनीहरुले अहिले त्यहाँका जनताहरुको माग सडक स्तरोन्नती, खानेपानी समस्या समाधान लगायत अन्य विकास निर्माणको काम सँग सम्वन्धित रहेको भन्दै उनीहरुकै माग वमोजिम पार्टीले विकास निर्माणको कामलाई प्रथामिकतामा राख्ने वताएका हुन् ।

साथै उनीहरुले नेपाली कांग्रेस पार्टीले जितेको नगर तथा गाउंपालिकाका मेयर र उपमेयरले आफ्नो भत्ता रकम व्यक्तिगत खर्चको लागि उपयोग नगरी एउटा कोष स्थापना गर्दै त्यहा जम्मा गरी स्थानीय स्तरकै जनताको स्वस्थ्य समाधान, दैवि प्रकोप उद्धार, घटना-दुर्घटना खर्चका लागि उपयोग गर्ने पनि वताएका छन् ।

सभालाई पार्टीका पाख्रिवास नगरपालिका मेयर उम्मेद्धार ईन्दिरा थापा, उपमेयर ज्ञान वहादुर गुरुङ्ग,पार्टीका पूर्व जिल्ला सभापतिहरु हरि कुमार राई र हरि अधिकारी,सदस्य गोरख वहादुर पीठाकोटे,क्षेत्रीय उपाध्यक्ष रोहित धमला, सचिव हरी राई,पाख्रिबास वडा नं ४ का वडाध्यक्ष उम्मेद्धार भक्त वहादुर गुरुङ्ग लगायतकाले सम्वोधन गरेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।